नजरिया

पत्रकार सम्मेलनमार्फत सुनाए सांसद बडूले २ वर्षका कामको फेहरिस्त

दार्चुला : बुधवार नेपाली काँग्रेस दार्चुलाले पत्रकार सम्मेलन आयोजना ग¥यो । पत्रकार सम्मेलनका लागि प्रमुख वक्ताका रुपमा दार्चुलाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य, काँग्रेस केन्द्रीय सदस्य दिलेन्द्र प्रसाद बडू थिए । संघीय निर्वाचन भएको दुई वर्ष बितेको छ । सांसद बडूले आफूले चुनाव जितेको आज ठीक दुई वर्ष भएको भन्दै यो अवधिमा आफूले गरेका काम कारवाही र प्रगतीबारे जानकारी गराउने बताए । पत्रकार सम्मेलनमा बोल्दै बडूले निर्वाचितका २ वर्ष अथक मेहनत

अपिहिमाल गाउँपालिकामा हुलाक कार्यालय स्थापना

दार्चुला : नेपाल सरकारको ‘एक पालिका एक हुलाक’ नीतिअनुसार दार्चुला जिल्लाको अपिहिमाल गाउँपालिकामा हुलाक कार्यालय स्थापना गरिएको छ । बिहीवार अपिहिमाल गाउँपालिका–४ खण्डेश्वरीमा हुलाक कार्यालय स्थापना गरिएको हो । अपिहिमाल गाउँपालिकामा उपाध्यक्ष देवकी बोहरा, प्रमुख प्रशासकीय अधिकृत ईन्द्र बहादुर रावल र जिल्ला हुलाक कार्यालय दार्चुलाका निमित्त हुलाक अधिकृत बिरेन्द्र सिंह धामीको उपस्थितिमा एक कार्यक्रमका बीच हुलाक कार्यालयको स्थापना गरिएको हो । दार्चुलामा पालिका हुलाक कार्यालय स्थापनाको थालनी शैल्यशिखर नगरपालिकाबाट सुरु

दुहुँ–५ उपनिर्वाचन : कसैको पनि भएन उम्मेदवारी फिर्ता, स्वतन्त्रलाई अर्ना चुनाव चिन्ह

दार्चुला : दार्चुलाको दुहुँ गाउँपालिका–५ मा हुने वडा अध्यक्ष पदको उपनिर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरिएको छ । बुधवार उम्मेदवारी फिर्ताको समय दिएकोमा कसैले पनि उम्मेदवारी फिर्ता लिएनन् । मनोनयन दर्ता गराएका उम्मेदवारहरुलाई चुनाव चिन्ह समेत प्रदान गरिएजो निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । दुहुँ गाउँपालिका–५ मा तीन दलका सहित एक जना स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका थिए । वडाध्यक्ष पदका स्वतन्त्र उम्मेदवार लाल बहादुर कुँवरलाई

दार्चुलाका पालिकामा हुलाक स्थापना हुँदै, शैल्यशिखरमा स्थापना गरियो

दार्चुला : नेपाल सरकारको ‘एक पालिका एक हुलाक’ नीतिअनुसार दार्चुलाका स्थानीय तहमा हुलाक कार्यालय स्थापना गरिन थालिएको छ । सो क्रममा मंगलवार जिल्लाको शैल्यशिखर नगरपालिकामा हुलाक कार्यालय स्थापना गरिएको छ । जिल्ला हुलाक कार्यालय दार्चुलाका निमित्त हुलाक अधिकृत बिरेन्द्र सिंह धामीको उपस्थितिमा एक कार्यक्रमका बीच शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरमा हुलाक कार्यालयको स्थापना गरिएको हो । पालिका हुलाक कार्यालय स्थापनाको थालनी शैल्यशिखर नगरपालिकाबाट सुरु भएको जिल्ला हुलाक कार्यालय दार्चुलाका निमित्त हुलाक अधिकृत

प्यारो भूमि सिद्धटोपी

जिन्दगीमा बसन्त उजाडिएरषरदको सिरेटो चलेको बेलामुटु भित्रको स्नेहको साँगर सुकेरछाती मरुभूमि बनेको बेलातिम्रो सौन्दर्यताको पछ्यौरी ओढेरतिम्रै काखमा निदाउन मन छ । प्यारो सिद्धटोपीविश्वासले बाँधेको प्रेमको डोरी टुटेरजिन्दगी तनावको खाडलमा डुब्नै लाग्दाआशाको दियो निभेरजिन्दगीमा अध्यारो छाएको बेलाआफैलाई आफ्नै जिन्दगीबाटभरोसा गुमेको बेलाजिन्दगीको दु:ख, पीर बेदनाको भारी बिसाउनतिम्रै छातीमा निदाउन मन छ । प्यारो भूमि सिद्धटोपीतिम्रो छातीमा उभिएकोभ्यु-टावरबाट सेताम्य हिमशिखरकोसौन्दर्यता हेर्न मन छमहादेवले स्नान गरेको ब्रम्हदहकोपानी पिउदै मनको प्यास मेटाउन मन छ ।साउन

दार्चुलामा वडाध्यक्षका लागि ४ जनाको मनोनयन

दार्चुला : दार्चुलाको दुहु गाउँपालिका वडा नम्बर ५ को अध्यक्षका लागि ३ दलका सहित ४ जनाले मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र एक जना स्वतन्त्र गरि ४ जना उम्मेदवारहरूले मनोनयन दर्ता गराएका हुन् । वडाध्यक्ष पदका लागि नेपाली कांग्रेसबाट धन सिंह कुवर, एमालेबाट मान सिंह बडाल, माओवादी केन्द्रबाट वीर सिंह कार्की र स्वतन्त्र उम्मेदवारका रुपमा लाल बहादुर कुवरले मनोनयन

बहुभाषिक शिक्षा सम्बन्धी शिक्षकहरुका लागि ५ दिने तालिम सम्पन्न

दार्चुला : बहुभाषिक शिक्षा सम्बन्धी शिक्षकहरुका लागि आयोजना गरिएको ५ दिने क्षमता विकास तालिम सम्पन्न भएको छ । महाकाली नगरपालिकाको आयोजना तथा सामुदायिक विकास केन्द्र डोटीको प्राविधिक सहयोगमा कात्तिक २८ गतेदेखि सञ्चालन गरिएको तालिम आइतवार सम्पन्न भएको हो । गुणस्तरीय सिकाईका लागि विद्यालय शिक्षा क्षेत्र योजना तथा बजेट निर्माणमा स्थानीय सरकारको क्षमता अभिवृद्धि कार्यक्रम अन्तर्गत बहुभाषिक शिक्षा सम्बन्धी शिक्षकहरुलाई तालिम दिइएको थियो । बहुभाषिक शिक्षाको महत्व, मातृभाषामा शिक्षण गर्दा प्राप्त

नेपाल टेलिकमको सेवामा समस्या

दार्चुला : नेपाल टेलिकमको सेवामा समस्या देखिएको छ । मोबाइल र ल्यान्डलाइन टेलिफोन लगायतका सेवामा बिहान साढे १० बजेदेखि समस्या आएको हो । नेपाल टेलिकमको मोबाइल र टेलिफोनबाट फोन नलाग्ने र एसएमएस नजाने लगायतका समस्या देखिएका छन् । मोबाइल डेटा सेवा समेत प्रभावित छ । सेवामा समस्या आएकोबारे टेलिकमले केही जानकारी दिएको छैन् । टेलिकमको सेवा प्रभावित हुँदा सेवाग्राहीहरू मर्कामा परेका छन् ।

ऐतिहासिक जोलजिबी मेला महोत्सवको उद्घाटन

दार्चुला : मालिकार्जुन गाउँपालिका–७ मा लाग्ने ऐतिहासिक जोलजिबी मेलाको उद्घाटन गरिएको छ । ऐतिहासिक जोलजिबी मेला महोत्सवको एक औपचारिक कार्यक्रमका बीच शनिवार पूर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य दिलेन्द्र प्रसाद बडूले उद्घाटन गर्नुभएको हो । ‘ऐतिहासिक जोलजिबी मेला हाम्रो शान, कला संस्कृति जगेर्ना हाम्रो अभियान’ भन्ने मूल नाराका साथ सुरु भएको मेला महोत्सवको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य बडूले परापूर्व कालदेखि हुँदै आएको जोलजिबी मेला विशुद्ध व्यापारीक र साँस्कृतिक मेला भएको

अनेरास्ववियुको दोस्रो विस्तारित बैठक सम्पन्न, ५ महिने कार्य योजना तयार

दार्चुला : नेकपा एमालेको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) दार्चुलाको दोस्रो विस्तारित बैठक सम्पन्न भएको छ । शनिवार अनेरास्ववियु जिल्ला कमिटि अध्यक्ष नरेन्द्र प्रसाद जोशीको अध्यक्षता तथा केन्द्रीय सदस्य आन सिंह बडालको प्रमुख आतिथ्यतामा जिल्ला सदरमुकाम खलंगामा विस्तारित बैठक सम्पन्न भएको हो । बैठकले ५ महिने (मंसिरदेखि चैतसम्म) कार्ययोजना तयार पारेको अनेरास्ववियु जिल्ला कमिटि अध्यक्ष नरेन्द्र प्रसाद जोशीले जानकारी दिए । उनका अनुसार कार्ययोजना बमोजिम मंसिर