नजरिया

`महाकाली करिडोर र दार्चुला-तिंकर सडक आगामी आर्थिक वर्षको बजेट वक्तव्यबाट किन हट्यो ?´

काठमाडौं : प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले महाकाली कोरिडोर र दार्चुला-तिंकर सडक आगामी आर्थिक वर्षको बजेट वक्तव्यको प्राथमिकताबाट किन हटेको भन्दै अर्थमन्त्री बर्षमान पुनलाई प्रश्न गरेका छन्। बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद बडूले महाकाली कोरिडोर र दार्चुला-तिंकर सडक आगामी आर्थिक वर्षको बजेट वक्तव्यको प्राथमिकताबाट किन हटेको भन्दै अर्थमन्त्री बर्षमान पुनलाई प्रश्न गरेका हुन्। उनले भने, – ‘चालु आर्थिक वर्षको बजेट वक्तव्यको पृष्ट ५७ ,बुदा नम्बर २९९ मा

व्याँसमा बालीविज्ञान प्रशिक्षक र सहायक प्रशिक्षकको परीक्षा मन्दिरमा संचालन

दार्चुला : दार्चुलाको व्याँस गाउँपालिकामा बालीविज्ञान प्रशिक्षक र सहायक प्रशिक्षकको परीक्षा मन्दिरमा संचालन गरिएको छ । सम्पाल मावि सुन्सेराको माध्यमिक तह (कक्षा ९–१२) प्राविधिक धारतर्फ बाली विज्ञान विषयको परीक्षा व्याँस गाउँपालिका–४ स्थितको गोरखनाथ देवताको मन्दिरमा संचालन गरिएको हो । जेठ १९ र २० गते संचालन गरिएको परीक्षाको अन्तिम नतिजा सार्वजनिक भएको छ । बालीविज्ञान प्रशिक्षकमा डोटीको बडिकेदार गाउँपालिका–५ का लोकेश कठायत सिफारिस भएका छन् । भने सहायक प्रशिक्षकमा दशरथचन्द नगरपालिका–६

नेपालको खेल प्रत्यक्ष प्रशारण गर्न सबै स्थानीय तहलाई निर्देशन

काठमाडौं : आज टी-२० विश्वकपअन्तर्गत नेपाल र नेदरल्याण्डबीचको खेल प्रत्यक्ष प्रशारण गर्न देशभरका सबै स्थानीय तहलाई निर्देशन दिइएको छ। मंगलबार विश्वकपअन्तर्गत नेपाल र नेदरल्याण्डबीचको खेल प्रत्यक्ष प्रशारण गर्न देशभरका सबै स्थानीय तहलाई निर्देशन दिइएको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ। सचिवस्तरीय निर्णयअनुसार सबै स्थानीय तहमा पत्राचार गरी आवश्यक समन्वय र सहजीकरणका लागि निर्देशन दिइएको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ। नेपाल र नेदरल्याण्डबीचको खेल आज राति ९:१५ बजेदेखि सुरू हुँदैछ।

सुदूरपश्चिममा सबैभन्दा बढी बेरुजु शैल्यशिखरमा, दोश्रोमा छिमेकी डिलाशैनी

दार्चुला । सुदूरपश्चिमका ८८ स्थानीय तहमध्ये सबैभन्दा बढी बेरुजु दार्चुलाको शैल्यशिखर नगरपालिकाको देखिएको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको २०८१ को ६१औँ वार्षिक प्रतिवेदनमा शैल्यशिखर नगरपालिकाको बेरुजु ८.०५ प्रतिशत रहेको छ। यस्तै, शैल्यशिखर नगरपालिकाको छिमेकी गाउँपालिका बैतडीमा रहेको डिलाशैनी गाउँपालिका बढी बेरूजुमा सुदूरपश्चिमकै दोश्रो स्थानमा रहेको छ। डिलाशैनीको बेरुजु ७.६२ प्रतिशत रहेको छ।

टी-२० विश्वकप: आज ३ खेल हुँदै, नेपाल र नेदरल्याण्डपनि भिड्दै

काठमाडौँ। जारी आइसीसी टी-२० विश्वकप अन्तर्गत आज तीन खेल हुँदैछन्। आज पहिलो खेल समूह सी अन्तर्गत अफगानिस्तान र युगान्डाबीच हुँदैछ। गुयानास्थित प्रोभीडेन्स स्टेडियममा नेपाली समय अनुसार बिहान ६:१५ बजेदेखि सुरू हुनेछ। त्यस्तै, आज दोस्रो खेल समूह बी अन्तर्गतको इङल्याण्ड र स्कटल्याण्डबीच हुँदैछ। बार्बाडोसस्थित केन्सिंगटन ओभलमा हुने यो खेल नेपाली समय अनुसार राति ८: १५ बजेदेखि सुरू हुने छ। यस्तै, आज तेस्रो खेल समूह डी अन्तर्गत नेपाल र नेदरल्याण्डसबीच हुने छ।

कोशी, मधेस, बाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका केही भू-भागमा हल्का वर्षा

काठमाडौं । नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ। कोशी, मधेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। कोशी, मधेस, बाग्मती, लुम्बिनी र कर्णाली प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै, आज दिउँसो कोशी, मधेश, बागमती, र

सांसद बडूको प्रश्न– महाकाली कोरिडोर किन सरकारको प्राथमिकतामा परेन ?

दार्चुला : दार्चुलाबाट निर्वाचित सांसद दिलेन्द्र प्रसाद बडूले महाकाली कोरिडोर सरकारको प्राथमिकतामा किन परेन भनेर प्रश्न गरेका छन् । आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेटमाथिको छलफलका क्रममा सोमवार सांसद बडूले महाकाली कोरिडोरमा न्युन बजेट छुट्याइएको भन्दै प्राथमिकतामा नपर्नुको कारण सोधेका हुन् । उनले महाकाली कोरिडोर र यसअन्तर्गतको दार्चुला–तिंकर सडक खण्डमा बजेट विनियोजनबारे अर्थमन्त्री र भौतिक पूर्वाधार मन्त्रीलाई प्रश्न गरेका छन् । दक्षिणमा कञ्चनपुरको दोधरा–चादनी सुख्खा बन्दरगाह जोड्ने र उत्तरमा पवित्र

कोशी र लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज आउँदै

काठमाडौं । कोशी प्रदेश र लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ। कोशी प्रदेशका प्रमुख परशुराम खापुङले सोमबार अपराह्न ४ बजे कोशी प्रदेश सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी निरोज ढकालले जानकारी दिएका छन्। प्रदेश प्रमुख खापुङले प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम ३ बमोजिम बैठकलाई सम्बोधन गर्नेछन्। यस्तै, लुम्बिनी प्रदेशको आगामी आर्थिक वर्ष २०८१/८२

जेठो हिमाल आरोहणको ७४ वर्ष पूरा

म्याग्दी । नेपालको पर्वतारोहण पर्यटनको इतिहास जोडिएको म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७४ वर्ष पूरा भएको छ। म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा रहेको आड हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने बाटो र आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्छ। आठ हजार मिटरभन्दा अग्लो पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ। सन् १९५० मा जुन ३ मा फ्रान्सका मौरिज हर्जोग र लुई लचेनलको

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लाग विदेशी मुद्राको विनिमय दर सार्वजनिक छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २५ पैसा र बिक्री दर १३३ रुपैयाँ ८५ पैसा रहेको छ। त्यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ ६२ पैसा र बिक्री दर १४५ रुपैयाँ १३ पैसा रहेको छ। त्यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ७९ पैसा र बिक्री दर १७० रुपैयाँ ५६ पैसा