नजरिया

टिंकर सडकमा बजेट थप र ब्याँसमा अध्यागमन कार्यालय स्थापनाका लागि पहलकदमी

दार्चुला : दार्चुला जिल्लाको समग्र विकासका लागि यहाँका राजनीतिक नेतृत्व एक ठाउँमा उभिएका छन् । पछिल्लो केहि दिनदेखि मुख्य तीन ठूला दलका नेता तथा कार्यकर्ताहरु दार्चुलाको विकासका निम्ति काठमाडौँ केन्द्रीत छन् । गत साउन ३२ गते नेपाली काँग्रेसका केन्द्रीय सदस्य, दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री दिलेन्द्र प्रसाद बडू, नेकपा एमालेका पोलिट व्युरो सदस्य एवं पूर्वमन्त्री गणेश सिंह ठगुन्ना, एमाले केन्द्रीय सदस्य हरदेव जोशी, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं

बन्धक बनाइएका विपिन जोशीको रिहाइको माग गर्दै हस्ताक्षर संकलन

दार्चुला : प्यालेस्टाइनी विद्रोही लडाकु समूह हमासले बन्धक बनाइ राखेका विपिन जोशीको रिहाइको माग गर्दै दार्चुलामा हस्ताक्षर संकलन गरिएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) दार्चुलाले बृहत हस्ताक्षर संकलन गरेको हो । जोशीको सकुशल रिहाइका लागि कुटनीतिक पहल गर्न सरकारलाई दबाव दिने उद्देश्यले क्याम्पस/विद्यालयका विद्यार्थी लगायत आम नागरिकको हस्ताक्षर संकलन गरिएको अनेरास्ववियु दार्चुलाका अध्यक्ष नरेन्द्र प्रसाद जोशीले जानकारी दिए । शुक्रवार दार्चुलामा दार्चुला बहुमुखी क्याम्पस जाने गेट

दार्चुलामा भैंसी ओसारी रहेको ट्याक्टर पल्टिदा दुई जना घाइते

दार्चुला : दार्चुलामा भैंसी ओसारी रहेको ट्याक्टर पल्टिदा दुई जना घाइते भएका छन् । मंगलवार दिउँसो साढे ४ बजेतिर महाकाली नगरपालिका- ३ बाँजमा ट्याक्टर दुर्घटना भएको हो। जिल्ला सदरमुकाम खलंगाबाट भैंसी लगेर गएको सुदूरपश्चिम प्रदेश ०१- ००२ त ५८०३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा त्यसमा सवार महाकाली नगरपालिका वडा नम्बर ३ का अन्दाजी ६० वर्षीय परम सिंह महरा र सोही ठाउँका अन्दाजी ५० वर्षीय गोबिन्द महरा घाइते भएका छन् । घाइते

अपिहिमालमा साउन ३१ गते सार्वजनिक बिदा

दार्चुला : दार्चुलाको अपिहिमाल गाउँपालिकाले साउन ३१ गते सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले मंगलवार एक सूचना जारी गर्दै सुर्माभवानी जात्राको अवसरमा बिदा दिइएको जनाएको हो । अपिहिमाल गाउँपालिकाको प्रख्यात धार्मिक स्थल सुर्माभवानी मन्दिरमा साउन ३० र ३१ गते लाग्ने जात्राको अवसरमा साउन ३१ गते गाउँपालिका भरी सार्वजनिक बिदा दिइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्र सिंह साउँदले बताए । सार्वजनिक बिदाको दिन पालिकाभित्रका सार्वजनिक, सरकारी तथा गैरसरकारी कार्यालय लगायत शैक्षिक

आठ बुद्धे माग राख्दै रास्वपाले बुझायो प्रशासनलाई ज्ञापन

दार्चुला : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दार्चुलाले विभिन्न आठ बुद्धे माग राख्दै जिल्ला प्रशासनलाई ज्ञापन पत्र बुझाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी दार्चुलाका संयोजक गोपाल सिंह कोट्टारी र सचिव भान सिंह धामीद्वारा हस्ताक्षरीत ज्ञापनपत्र आइतवार प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीलाई बुझाइएको हो ।रास्वपाले बुझाएको ज्ञापन पत्रमा जिल्लामा हुने जघन्य अपराधिक घटनाको तत्कालै सर्वदलिय बैठक राख्नुपर्ने र सो विषयमा समीक्षा गर्नुपर्ने छ । यस्तै जिल्ला भरिका स्थानीय तहमा भइरहेको बेथिती रोक्न

जुवाखालबाट वडाध्यक्षसहित ६ जना पक्राउ

दार्चुला : दार्चुलामा जुवाखालबाट वडाध्यक्षसहित ६ जना पक्राउ परेका छन् । जिल्ला सदरमुकाम खलंगास्थितको महाकाली नगरपालिका-४ टिङ्करखेडास्थित बडाल फास्टफुडबाट शुक्रवार साझँ उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा दुँहु गाउँपालिका-२ का फास्टफुडका संचालक जनक बडाल, महाकाली नगरपालिका-१ का मोहन सिंह महरा, नौगाड गाउँपालिका-४ का कृष्ण सिंह धामी, दुहुँ गाउँपालिका- ५ का देबराम पार्की, मालिकार्जुन गाउँपालिका-३ का निरज धामी र नौगाड गाउँपालिका-१ का जनक ठेकरे रहेका छन् । पक्राउ परेकामध्ये मोहन

सुदूरपश्चिम विश्वविद्यालयमा स्नातक तहमा भर्ना खुल्यो (सूचनासहित)

दार्चुला : सुदूरपश्चिम विश्वविद्यालयले स्नातक तहमा भर्ना आवेदन खुला गरेको छ । विभिन्न संकायतर्फका सेमेस्टर प्रणालीमा आधारित स्नातक तह प्रथम वर्षका शैक्षिक कार्यक्रमहरुमा भर्ना खुलेको सूजनामार्फत जनाइएको छ । शैक्षिक सत्र २०८१ का लागि मानविकी तथा सामाजिक शास्त्र, व्यवस्थापन, शिक्षाशास्त्र, विज्ञान तथा प्रविधि, इन्जिनियरिङ, कानून, कृषि विज्ञान र प्राकृतिक स्रोत व्यवस्थापन संकायमा विद्यार्थी भर्ना खुलेको सुदूरपश्चिम विश्वविद्यालयले जनाएको छ । जसमा प्रवेश परीक्षा आवेदन फाराम वितरण साउन २३ गतेदेखि सुरु

सशस्त्र प्रहरी बल नेपाल नं ४४ गण दार्चुलाको चौथो वार्षिकोत्सव मनाइयो

दार्चुला : सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर खलंगा दार्चुलाको चौथो वार्षिक उत्सव मनाइएको छ । शनिवार सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ बैधनाथ बाहिनी मुख्यालय अत्तरीया कैलालीका सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक एवं सहायक बाहिनीपति उद्धव बहादुर न्यौपानेको उपस्थितिमा एक समारोहका बीच चौथो वार्षिक उत्सव मनाइएको हो । वार्षिकोत्सवको कार्यक्रम अन्तर्गत अमर सशस्त्र प्रहरीको सम्मानमा पुष्पगुच्छा अर्पण गरिएको थियो । वार्षिकोत्सव कार्यक्रममा विभिन्न खेलका बिजेता खेलाडी तथा संगठनमा

दार्चुलाका जोशी एमाले केन्द्रीय कमिटी सदस्य मनोनित

दार्चुला : दार्चुलाका एमाले नेता हरदेव जोशी केन्द्रीय कमिटी सदस्यमा मनोनित भएका छन् । नेकपा (एमाले)को बिहीबार बसेको सचिवालय बैठकले जोशीसहित १७ जनालाई केन्द्रीय कमिटी सदस्यमा थप्ने निर्णय गरेको हो । जोशी गत प्रदेश सभाको निर्वाचनमा उम्मेदवार थिए । यस्तै, दार्चुलाकै गणेशसिंह धामी एमाले सल्लाहकार परिषद् सदस्यमा मनोनित भएका छन् ।

दार्चुलाको नौगाडमा भीरबाट लडेर एक महिलाको मृत्यु

दार्चुला : दार्चुलामा एक महिलाको भीरबाट लडेर मृत्यु भएको छ । जिल्लाको नौगाड गाउँपालिका-२ सुण्डमुण्ड बेडीपातलकी अन्दाजी ३५ वर्षीया गुमा ठगुन्नाको मृत्युु भएको हो । बिहिवार बिहान पातिहाल्नेडाँडा भन्ने स्थानमा घाँस काट्ने क्रममा ठगुन्नाको लडेर घट्नास्थल मै मृत्यु भएको स्थानीय नरेन्द्र सिंह ठगुन्नाले जानकारी दिए ।