सडकले अपिहिमालको पालिका केन्द्र जोडिदै
दार्चुला : विकट भूगोलमा रहेको अपिहिमाल गाउँपालिकाको केन्द्र अब सडक सञ्जालमा जोडिन थालेको छ । अपिहिमाल गाउँपालिकाको वडा नम्बर ६ र ५ मात्रै सडकले छोएको अपिहिमाल गाउँपालिकामा अहिले वडा नम्बर ३ को गौडेखोलासम्म सडक पुगेको छ । अहिले सडकको ट्याक खुलाउने प्रयास तीव्र रुपमा भइरहेको अपिहिमाल गाउँपालिका अध्यक्ष भक्त सिंह ठेकरे बोहराले जानकारी दिए । उनका अनुसार यसै आर्थिक वर्षभित्र सडक काफलधारसम्म जोडिने छ । मकरीगाडबाट भट्टारसम्मको कडा चट्टानी भाग










