भीरबाट लडेर महिलाको मृत्यु
दार्चुला : दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्युु भएको छ । जिल्लाको महाकाली नगरपालिका-५ नमस्कार बस्ने अन्दाजी ३३ वर्षिया मानमती देवि बडूको सोही वडाको ठड्याभीरमा घाँस काट्ने क्रममा लडेर मृत्युु भएको हो । शुक्रवार बिहान साढे ११ बजेको समयमा भीरबाट लडेर बडूको घटनास्थलमै मृत्युु भएको बताइएको छ । घटनास्थलबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्दार गरेका थिए ।









