मालिकार्जुनका दुई विद्यालयलाई दूर दृष्टिको स्मार्ट टिभी सहयोग
दार्चुला : जिल्लाको मालिकार्जुन गाउँपालिकाका दुई विद्यालयलाई दूर दृष्टि डिजिटल प्रालिले स्मार्ट टिभी सहयोग गरेको छ । प्रालिको सामाजिक उत्तरदायित्व अन्तर्गत मालिकार्जुन गाउँपालिका वडा नम्बर २ का विद्यालयलाई स्मार्ट टिभी सहयोग गरिएको हो । बुधवार एक कार्यक्रमका बीच राष्ट्रिय मावि ठिङ र रानीस्थान आधारभूत विद्यालय सिराडलाई ३२ ईन्चको स्मार्ट टिभी हस्तान्तरण गरिएको दूर दृष्टि डिजिटल प्रालि सुदूरपश्चिम शाखा प्रमुख नवीन जोशीले जानकारी दिए । शैक्षिक अभियान्ता चन्द्र सिंह धामी तथा










