विद्यालयबाट घर फर्किरहेकी ११ वर्षीया बालिकालाई ढुङ्गा लाग्यो, दुबै खुट्टा भाँचिए
दार्चुला : दार्चुलामा विद्यालयबाट घर फर्कने क्रममा ढुङ्गा लागेर एक बालिका गम्भीर घाइते भएकी छिन् । जिल्लाको महाकाली नगरपालिका–७ स्थित लटिनाथ आवि थालिगाडमा कक्षा ५ मा अध्ययनरत ११ वर्षीया पुष्पा थापाको विद्यालयबाट घर फर्कने क्रममा खुट्टामा ढुङ्गा लागेको हो । सोमवार दिउँसो विद्यालयबाट घर गइरहेकी थापाको माथिबाट खसेको ढुङ्गाले दुबै खुट्टा भाँचिएको छ । उनको दाँया खुट्टा घुडामुनि पूरै भाँचिएको छ भने बाँया खुट्टामा पनि गम्भीर चोट छ । घटनास्थलबाट









