विशेष

जिल्ला अस्पतालमा रेबिजविरुद्दको खोप सकियो

दार्चुला : दार्चुलामा रेबिजविरुद्धको खोप अभाव भएको छ। जिल्ला अस्पताल दार्चुलाले खोप अभाव भएपछि सेवा बन्द भएको जनाएको छ । कुकुर, स्याल तथा अन्य जनावरको टोकाइपछि तत्काल लगाउनुपर्ने खोप अस्पतालमा उपलब्ध नभएपछि उपचारका लागि पुगेका सेवाग्राही समस्यामा परेका छन् । जिल्ला अस्पताल दार्चुलाका निमित्ति मेडिकल सुपरिटेन्डेन डा. रबिन्द्र भट्टराइले अस्पतालबाट नि:शुल्क रुपमा लगाउँदै आएको रेबिज विरुद्धको खोप हाल अस्पतालमा आपूर्ति नभएको हुँदा सेवा बन्द गरिएको बताए । रेविज विरुद्धको खोप

सडकले अपिहिमालको पालिका केन्द्र जोडिदै

दार्चुला : विकट भूगोलमा रहेको अपिहिमाल गाउँपालिकाको केन्द्र अब सडक सञ्जालमा जोडिन थालेको छ । अपिहिमाल गाउँपालिकाको वडा नम्बर ६ र ५ मात्रै सडकले छोएको अपिहिमाल गाउँपालिकामा अहिले वडा नम्बर ३ को गौडेखोलासम्म सडक पुगेको छ । अहिले सडकको ट्याक खुलाउने प्रयास तीव्र रुपमा भइरहेको अपिहिमाल गाउँपालिका अध्यक्ष भक्त सिंह ठेकरे बोहराले जानकारी दिए । उनका अनुसार यसै आर्थिक वर्षभित्र सडक काफलधारसम्म जोडिने छ । मकरीगाडबाट भट्टारसम्मको कडा चट्टानी भाग

नेपाल टेलिकमको सेवा महिनौदेखि अवरुद्ध, समस्या समाधानका लागि ज्ञापन

दार्चुला : नेपाल टेलिकमको सेवा जिल्लाका विभिन्न ठाउँमा अवरुद्ध हुने र गुणस्तरीय नहुने समस्या छ ।जिल्लाको महाकाली नगरपालिका–८ अन्तर्गत धौकोट, काँकडा, डाँडा, इजर, गोधरा, चौरा, दोपखे, थामुलगायतका बस्तीमा नेपाल टेलिकमको सेवा लामो समयदेखि अवरुद्ध छ । त्यहाँ मोबाइल फोन सेवा अवरुद्ध भएको र अत्यन्त कमजोर बनेपछि स्थानीयवासीले सेवा सुधारको माग गरेका छन् । शुक्रवार वडा नम्बर ८ का स्थानीयहरूले नेपाल टेलिकम कार्यालय दार्चुलालाई ज्ञापनपत्र बुझाउँदै टेलिकम टावरमा देखिएको प्राविधिक समस्या

प्रधानमन्त्री कार्यालयको निर्देशनपछि सीमामा बन्द भयो कृषिजन्य उपज

दार्चुला : दार्चुलामा भारतबाट भित्रने सागसब्जीमा रोक लगाइएको छ । प्रधानमन्त्री कार्यालयको निर्देशन आएपछि आज बिहानैदेखि नेपाल-भारत सीमा नाका खलंगामा सागसब्जी आयातमा रोक लगाइएको हो । भारतीय बजारबाट नेपाली बजारमा भित्रने सागसब्जी, तरकारी लगायतमा रोक लागेको छ । यहाँका व्यापारी तथा उपभोक्ताले ल्याइरहेका कृषि उपज सीमाबाट फिर्ता गरिदैछ । बिहिवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक सूचना जारी गर्दै नेपालमा दैनिक रूपमा आयात हुने कृषिजन्य उपजहरूको आयात व्यवस्थापनलाई थप व्यवस्थित र

दार्चुलामा खैरो हेरोइन र चरेससहित तीन जना पक्राउ

दार्चुला : लागूऔषध खैरो हेरोइनसहित दार्चुलामा तीन जना पक्राउ परेका छन् । जिल्लाको महाकाली नगरपालिका-४ बाङ्गाबगरबाट तीन जना पक्राउ परेका हुन् । आइतवार साँझ जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले ४ ग्राम ९५० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने धुलोपदार्थ, ३८ ग्राम १५० मिलिग्राम चरेस र एक थान डिजिटल तराजुसहित तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ पर्नेमा दुहुँ गाउँपालिका–१ स्थायी घर भई हाल महाकाली नगरपालिका–४ बाङ्गाबगर

मालिकार्जुन शोभाश्री मन्दिर पुनःनिर्माणका लागि सहयोगको अपिल

दार्चुला : जिल्लाको लेकम गाउँपालिका–६ उचाकोटमा निर्माण भइरहेको मालिकार्जुन शोभाश्री मन्दिर पुनःनिर्माणका लागि सहयोगको अपिल गरिएको छ। हाल मन्दिरको पुनःनिर्माण कार्य जारी रहेकाले मन्दिर व्यवस्थापन समितिले स्थानीयवासी, समाजसेवी तथा शुभेच्छुकहरूसँग आर्थिक तथा अन्य सहयोग गर्न आग्रह गरेको हो। समितिका अनुसार मन्दिर निर्माण कार्य गत चैत २७ गतेदेखि सुरु गरिएको छ। समितिका अध्यक्ष धिरेन्द्र सिंह धामी र सचिव रमेश सिंह धामीद्वारा हस्ताक्षरित अपिलमार्फत मन्दिर निर्माणलाई निरन्तरता दिन इच्छुक व्यक्ति तथा संस्थालाई

मालपोत कार्यालयको नाम भूमि प्रशासन कार्यालय

दार्चुला : मालपोत कार्यालयको नाम परिवर्तन गरिएको छ । सरकारले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशमार्फत मालपोत ऐन तथा जग्गा (नाप जाँच) ऐनमा रहेको ‘मालपोत कार्यालय’ शब्द हटाएर त्यसको सट्टा ‘भूमि प्रशासन कार्यालय’ कायम गरेको हो । यससँगै ‘मालपोत अधिकृत’ को पदनामलाई संशोधन गर्दै ‘भूमि प्रशासन अधिकृत’ भनिएको छ। दार्चुला मालपोत कार्यालयले सोमवार नयाँ कायम गरिएको भूमि प्रशासन कार्यालयको साइन बोर्ड झुन्ड्याएको छ । यस्तै कार्यालयले यसबारे सरोकारवाला र

हुलाकले राहदानी घरमै पुगाउने

दार्चुला : जिल्ला हुलाक कार्यालयले राहदानी (पासपोर्ट) सेवाग्राहीकै घरमा पु¥याउने भएको छ । सोमवार जिल्ला प्रशासन कार्यालय दार्चुला र जिल्ला हुलाक कार्यालय दार्चुला बीच राहदानी सेवा हुलाकमार्फत सेवाग्राहीसम्म पु¥याउने सम्बन्धमा सम्झौता भएको हो । उक्त सम्झौतामा राहदानी सेवा सेवाग्राहीकै घर ठेगानामा पु¥याउने उल्लेख छ । नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको निर्णयअनुसार ‘शासकीय सुधार सम्बन्धी एकीकृत कार्यसूची’ कार्यान्वयन गर्ने उद्देश्यले राहदानी सेवा सेवाग्राहीकै घरसम्म पुगाउने कार्यका लागि हुलाकसँग सम्झौता

मालिकार्जुन गाउँपालिका बालविवाहमुक्त पालिका घोषणा

दार्चुला : मालिकार्जुन गाउँपालिकालाई बालविवाहमुक्त पालिका घोषणा गरिएको छ । मालिकार्जुनको सान, बालविवाहमुक्त गाउँपालिका हाम्रो अभियान भन्ने मूल नाराका साथ सोमवार मालिकार्जुन गाउँपालिकालाई जिल्लाकै पहिलो बालविवाह मुक्त पालिका घोषणा गरिएको हो । २०८२ साल भित्र पालिकालाई बालविवाहमुक्त पालिका घोषणा गर्ने स्थानीय रणनीति अनुसार गाउँपालिकाका ८ वटै वडालाई बालविवाहमुक्त वडा घोषणा गर्दै सोमवार एक कार्यक्रमका बीच गाउँपालिकालाई नै बालविवाह मुक्त पालिका घोषणा गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरज प्रसाद जोशीले जानकारी

क्याम्पसका महिला प्राध्यापक र कर्मचारीहरुलाई भिटौलाको कोसेली

दार्चुला : सुदूरपश्चिममा चैत महिनामा चेलीबेटीलाई भेट्ने चलन छ । भिटौला पर्वका रुपमा परिचित यो महिनामा दिदिबहिनीलाई भेट्न जाँदा स्थानीय परम्परा अनुसार सेलरोटी, खीर, मिष्ठान्न, फलफूल लगायत दिने चलन छ । यसै परम्परालाई संगाल्दै दार्चुलाको सुदूरपश्चिम विश्वविद्यालय दार्चुला बहुमुखी क्याम्पसले क्याम्पसमा कार्यरत महिला प्राध्यापक तथा कर्मचारीहरुलाई मिष्ठान्न कोसेली वितरण गर्दै भिटौला कार्यक्रम गरेको छ । एक कार्यक्रमका बीच परम्परादेखि चल्दै आएको भिटौला कार्यक्रम क्याम्पसमै गरिएको दार्चुला बहुमुखी क्याम्पसका सहायक क्याम्पस