विशेष

जुवाखालबाट वडाध्यक्षसहित ६ जना पक्राउ

दार्चुला : दार्चुलामा जुवाखालबाट वडाध्यक्षसहित ६ जना पक्राउ परेका छन् । जिल्ला सदरमुकाम खलंगास्थितको महाकाली नगरपालिका-४ टिङ्करखेडास्थित बडाल फास्टफुडबाट शुक्रवार साझँ उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा दुँहु गाउँपालिका-२ का फास्टफुडका संचालक जनक बडाल, महाकाली नगरपालिका-१ का मोहन सिंह महरा, नौगाड गाउँपालिका-४ का कृष्ण सिंह धामी, दुहुँ गाउँपालिका- ५ का देबराम पार्की, मालिकार्जुन गाउँपालिका-३ का निरज धामी र नौगाड गाउँपालिका-१ का जनक ठेकरे रहेका छन् । पक्राउ परेकामध्ये मोहन

सशस्त्र प्रहरी बल नेपाल नं ४४ गण दार्चुलाको चौथो वार्षिकोत्सव मनाइयो

दार्चुला : सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर खलंगा दार्चुलाको चौथो वार्षिक उत्सव मनाइएको छ । शनिवार सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ बैधनाथ बाहिनी मुख्यालय अत्तरीया कैलालीका सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक एवं सहायक बाहिनीपति उद्धव बहादुर न्यौपानेको उपस्थितिमा एक समारोहका बीच चौथो वार्षिक उत्सव मनाइएको हो । वार्षिकोत्सवको कार्यक्रम अन्तर्गत अमर सशस्त्र प्रहरीको सम्मानमा पुष्पगुच्छा अर्पण गरिएको थियो । वार्षिकोत्सव कार्यक्रममा विभिन्न खेलका बिजेता खेलाडी तथा संगठनमा

दार्चुलाका जोशी एमाले केन्द्रीय कमिटी सदस्य मनोनित

दार्चुला : दार्चुलाका एमाले नेता हरदेव जोशी केन्द्रीय कमिटी सदस्यमा मनोनित भएका छन् । नेकपा (एमाले)को बिहीबार बसेको सचिवालय बैठकले जोशीसहित १७ जनालाई केन्द्रीय कमिटी सदस्यमा थप्ने निर्णय गरेको हो । जोशी गत प्रदेश सभाको निर्वाचनमा उम्मेदवार थिए । यस्तै, दार्चुलाकै गणेशसिंह धामी एमाले सल्लाहकार परिषद् सदस्यमा मनोनित भएका छन् ।

दार्चुलाको नौगाडमा भीरबाट लडेर एक महिलाको मृत्यु

दार्चुला : दार्चुलामा एक महिलाको भीरबाट लडेर मृत्यु भएको छ । जिल्लाको नौगाड गाउँपालिका-२ सुण्डमुण्ड बेडीपातलकी अन्दाजी ३५ वर्षीया गुमा ठगुन्नाको मृत्युु भएको हो । बिहिवार बिहान पातिहाल्नेडाँडा भन्ने स्थानमा घाँस काट्ने क्रममा ठगुन्नाको लडेर घट्नास्थल मै मृत्यु भएको स्थानीय नरेन्द्र सिंह ठगुन्नाले जानकारी दिए ।

राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाउँदा राष्ट्रियता र सँस्कृति झल्किने पहिरन लगाउन पाइने

दार्चुला : सरकारले राष्ट्रिय परिचयपत्रमा धार्मिक, साँस्कृतिक र जातीय पहिचान जनाउने पहिरन लगाएको फोटो राख्न बाधा नपर्ने प्रष्टिकरण दिएको छ। टोपी, सिन्दूरपोते र टिकासमेत हटाएर फोटो खिच्न लगाइएको भन्दै सरकारको आलोचना भएपछि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सरोकारवाला निकायलाई चारबुँदे निर्देशन जारी गर्दै यस्तो प्रष्टिकरण दिएको हो। विभागले फोटो खिच्दा सिन्दूर, टिका, राष्ट्रियता झल्किने टोपी, धार्मिक, साँस्कृतिक तथा जातीय पहिचान जनाउने पहिरन लगाउन सकिने बताएको छ। विभागले राष्ट्रिय परिचयपत्रको जैविक

मार्माको पहिरो प्रभावित क्षेत्रमा प्रतिनिधिसभा सदस्य बडू, उचित पहल थाल्ने प्रतिवद्दता

दार्चुला : दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री दिलेन्द्र प्रसाद बडूले मार्मा गाउँपालिकाको पहिरो प्रभावित क्षेत्रको स्थलगत अनुगमन/निरीक्षण गर्नुभएको छ । बुधबार मार्मा गाउँपालिका वडा नम्बर ४ र ५ का बाढी-पहिरो प्रभावित समुदाय संग भेटघाट गर्नुका साथै पहिरोको स्थलगत अनुगमन गर्नु भएको हो । पूर्वाधार विकास कार्यालय बैतडीका ईन्जिनियर लगायत विभिन्न कार्यालयका प्राविधिक सहितको टोली लिएर बाढीपहिरो प्रभावित क्षेत्र पुग्नु भएका प्रतिनिधिसभा सदस्य बडूले पहिरोको उचित व्यवस्थापन र प्रभावित क्षेत्रका

दार्चुला प्रशासनद्वारा ९३ लाख बढी राजस्व संकलन

दार्चुला : जिल्ला प्रशासन कार्यालय दार्चुलाले ९३ लाख बढी राजस्व संकलन गरेको छ । कार्यालयले आर्थिक वर्ष २०८०÷०८१ मा ९३ लाख ३१ हजार २ सय २० रुपैयाँ राजस्व संकलन गरेको हो । राजस्व सबैभन्दा बढी राहदानी शूल्कबाट उठेको छ । राहदानी शुल्कबापत ८५ लाख ७ हजार ५ सय, न्यायिकदण्ड, जरिवाना र जफतबाट १ लाख ५३ हजार ५ सय ६७ रुपैयाँ, हातहहतियार इजाजतपत्र नविकरण दस्तुरबाट ४ लाख ४३ हजार ४ सय,

`विपद् व्यवस्थापनमा सक्रिय हुन निर्देशन´

दार्चुला : जिल्ला विपद् व्यवस्थापन समिति दार्चुलाको बैठक सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समिति संयोजक यज्ञराज जोशीको अध्यक्षतामा मंगलवार बैठक बसेको हो । मनसुनजन्य वर्षातका कारण बाढी, पहिरो लगायतका घटनाबाट हालसम्म भएको क्षतिका सम्बन्धमा छलफल गर्न र थप क्षति हुन नदिनका लागि सरोकारवाला निकायहरुको उपस्थितिमा बैठक बसेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । चालू आर्थिक वर्ष २०८१/०८२ का लागि जिल्ला विपद् पूर्व तयारी

एमाले जिल्ला कमिटि सदस्य कुँवर काँग्रेस प्रवेश

दार्चुला : नेकपा एमाले जिल्ला कमिटि दार्चुलाका सदस्य धनबहादुर कुँवर नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । २०६३ सालदेखि एमालेमा सक्रिय कुँवर मंगलवार काँग्रेस प्रवेश गरेका हुन् । उनलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिलेन्द्र प्रसाद बडूले खादा र माला लगाएर पार्टीमा स्वागत गरे । काँग्रेस प्रवेश गरेका कुँवरले एमालेमा अवसरबादी हावी भएको आरोप लगाएका छन् । साथै उनले काँग्रेसमा आफू नि:स्वार्थ रुपले प्रवेश गरेको बताउँदै आफ्नो प्रवेश फरक रहेको औल्याए ।

आफैले शिलान्यास गरेको मोटरेवल पुलको पूर्वमन्त्री बडूद्वारा स्थलगत अवलोकन

दार्चुला : दार्चुलाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री दिलेन्द्र प्रसाद बडूले दार्चुलामा निर्माण भइरहेको नेपाल–भारत जोड्ने मोटरेवल पुलको अवलोकन गरेका छन् । दार्चुलाको महाकाली नगरपालिका–८ असिगडा र भारतको छारछुम जोड्ने मोटरेवल पुलको मंगलवार बिहान पूर्वमन्त्री बडूले स्थलगत अवलोकन गरेका हुन् । निर्माणाधिन पुलको पछिल्लो अवस्था र कार्यप्रगतिको बारेमा पूर्वमन्त्री बडूले कार्य क्षेत्रमा पुगेर अवलोकन गरेको उनको सचिवालयले जनाएको छ । स्थलगत अनुगमनका क्रममा पूर्वमन्त्री बडूले पुल निर्माण कम्पनीका ईन्जिनियर