विशेष

महाकालीको विकासका लागि कसको भूमिका कति ?

✍️विशाल रैखोलानेपालको संविधान बमोजिम राज्य पुनः संरचना भए बमोजिम सुदूरपश्विम प्रदेशअन्तर्गत दार्चुला जिल्लाको सदरमुकाम खलंगा वरपरका क्षेत्रहरु खलंगा, छापरी, काँटै, धाप र दत्तु (साविक अपी नगरपालिका वडा नम्बर ४ देखि १७ सम्म र दत्तु गा.वि.स.) लाई समायोजन गरेर हिन्दुहरुको पवित्र धर्मस्थल मानसरोवरको प्रवेशद्धार, हिमालयको काख, महाकाली नदीको किनारमा महाकाली लोकमार्ग संगै जोडिएको ९ वटा वडाहरुमा विभाजन महाकाली नगरपालिकाको मिति २०७३/११/२७ गते घोषणा भएको नगरपालिका हो ।स्थानीय तहको निर्वाचनबाट २०७४ सालमा

दलित परिवारलाई ग्यास सिलिन्डर र चुल्हो वितरण

दार्चुला : दार्चुलाको शैल्यशिखर नगरपालिका–८ मा दलित परिवारलाई ग्यास सिलिन्डर र चुल्हो वितरण गरिएको छ । दलित लक्षित कार्यक्रमअन्तर्गत मंगलवार एक कार्यक्रमका बीच शैल्यशिखर नगरपालिका वडा नम्बर ८ ले वडाका ६० दलित परिवारलाई ग्यास सिलिन्डर र चुल्हो वितरण गरेको हो । नगरपालिकाको स्वीकृत वार्षिक कार्यक्रम तथा र वडाको विनियोजित बजेटमार्फत वडा नम्बर ८ का दलित परिवारलााई ग्यास सिलिन्डर र चुल्हो वितरण गरिएको वडाध्यक्ष केशव दत्त जोशीले जानकारी दिए । वडाका

स्वावलम्बीको वित्तीय लगानीमा खरिद जुस बनाउने मेसिन हस्तान्तरण

दार्चुला : स्वावलम्बी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो वित्तीय लगानीमा खरिद गरेको जुस बनाउने मेसिन कृषक समूहलाई हस्तान्तरण गरेको छ । सोमवार एक कार्यक्रमका बीच संस्थाले जुस बनाउने मेसिन हस्तान्तरण गरेको हो । स्थानीय स्तरमा उत्पादित फलफूललाई सहकारी अभियानमार्फत आयआर्जनमा टेवा पुगाउन स्वावलम्बी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वित्तिय लगानी र कृषि ज्ञान केन्द्र दार्चुलाको प्राविधिक सहयोगमा महाकाली नगरपालिका–५ को मौसमी तथा बेमौसमी कृषि फलफूल उत्पादन समूहलाई मेसिन

मालिकार्जुन नमुना मावि धापमा युवा लक्षित सचेतना कार्यक्रम

दार्चुला : महाकाली नगरपालिका–७ स्थितको मालिकार्जुन नमुना मावि धापमा युवा लक्षित सचेतना कार्यक्रम गरिएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाको आयोजनामा सोमवार विद्यार्थीहरुका लागि युवा लक्षित कार्यक्रम सञ्चालन गरिएको हो । जिल्लास्थित सुरक्षा प्रमुख, मालिकार्जुन नमुना मावि धापका प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीको उपस्थितिमा आत्म चेतना अभिवृद्धि, लागूऔषध नियन्त्रण, घरेलु हिंसा न्युनिकरण तथा नियन्त्रण र साईबर अपराध सम्बन्धी युवा लक्षित सचेतना कार्यक्रम गरिएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए ।

मार्मामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

दार्चुला : मार्मा गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । पुस १८ गतेदेखि सञ्चालन भएको पाँचौ गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आइतवार सम्पन्न भएको हो । ८ विद्यालयले सहभागिता जनाएको गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा लटिनाथ मावि रस्कोट प्रथम भएको छ । लटिनाथ मावि रस्कोटले २४ स्वर्ण, १५ रजत र ५ कास्य गरी जम्मा ४४ पदक प्राप्त गरी प्रथम भएको हो । यस्तै तपोवन मावि पडपडाले १३

महाकाली र शैल्यशिखरमा आँखा शिविर सञ्चालन हुने

दार्चुला : दार्चुलाका दुई स्थानीय तहमा आँखा शिविर सञ्चालन हुने भएको छ । नेपाल नेत्र ज्योति संघ, गेटा आँखा अस्पताल कैलाली र दार्चुलाको महाकाली नगरपालिका र शैल्यशिखर नगरपालिकाको संयुक्त आयोजनामा आँखा शिविर सञ्चालन हुन लागेको हो । माघ ४ गतेदेखि माघ १० गतेसम्म दार्चुलामा आँखा शिविर सञ्चालन हुने आयोजक गेटा आँखा अस्पतालका डाक्टर सुरेश राज पन्तले जानकारी दिए । उनका अनुसार शैल्यशिखर नगरपालिकाको गोकुलेश्वर मावि गोकुलेश्वरमा माघ ४ देखि माघ

दार्चुलाको लेकममा एक जनाको भीरबाट लडेर मृत्यु

दार्चुला : दार्चुलामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको लेकम गाउँपालिका-५ अंम्कुरका अन्दाजी ७८ वर्षीय गगन सिंह बोहराको भीरबाट लडेर मृत्यु भएको हो ।शनिवार साझ दाउरा लिन भनी जंगलतिर गएका बोहराको छोडधारा भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको स्थानीय सुरेश बोहराले जानकारी दिए । भीरबाट उनी करिव १५० मिटर तल खसेका थिए । बोहराको मृत्युले गाउँ नै शोकमग्न भएको छ । गाउँका मेहनती, मिलनसार व्यक्तिको निधन हुँदा आज

दुहुँ गाउँपालिका–१ मा बालविवाह न्युनिकरण सम्बन्धी अभिमुखिकरण कार्यक्रम

दार्चुला : दुहुँ गाउँपालिका–१ को श्री पिपलचौरी मावि विणमा बालविवाह न्युनिकरण सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरिएको छ । दुहुँ गाउँपालिकाको महिला बालबालिका तथा समाज कल्याण ईकाइको आयोजना, सामुदायिक ग्रामिण विकास समाज नेपाल र गुड नेवर्स ईन्टरनेशनल नेपालको सहजिकरणमा मावि विणमा बालक्लवका पदाधिकारी र बालबालिकाहरूका लागि १ दिने अभिमुखिकरण कार्यक्रम गरिएको हो । कक्षा ८, ९ र १० का विद्यार्थीहरु माझ कार्यक्रम गरिएको सीआरडीएस नेपालका शिक्षा अधिकृत उदय बोहराले जानकारी दिए ।

महाकाली लोकमार्गको किम्तडी ठण्याभीरमा अझै खुलेन सडक

दार्चुला : पुस १५ गते सडक निर्माणका क्रममा दार्चुलास्थित महाकाली नगरपालिका–५ किम्तडीको ठण्याभीरमा खसेको पहिरो अझै हटाउन सकिएको छैन् । सडक चौडा गर्ने क्रममा खसेको पहिरो हटाउन नसक्दा चार दिनदेखि सवारी साधन चल्न सकेका छैनन् । यात्रुहरु भीरको जोखिमपूर्ण बाटो प्रयोग गरी वारपार गरिरहेका छन् । कडा चट्टानी भूभाग र साँघुरो सडक क्षेत्र भएकाले निर्माण कार्य लम्बिएको सडक निर्माण गरिरहेको कम्पनीले जनाएको छ । त्यस क्षेत्रमा रातीको समयमा पनि निर्माण

महाकाली नगरपालिकाको शिक्षा योजना निर्माणका लागि २ दिने कार्यशाला गोष्ठी सम्पन्न

दार्चुला : महाकाली नगरपालिकाको शिक्षा योजना निर्माणका लागि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । महाकाली नगरपालिकाको आयोजना तथा सामुदायिक विकास केन्द्र डोटीको प्राविधिक सहयोगमा पालिकाको शिक्षा योजना निर्माणका लागि पालिकाको कार्यदलसहित सरोकारवालाहरुका लागि Calibration Toolkit र योजना लेखन सम्बन्धी कार्यशाला सम्पन्न भएको हो । गुणस्तरीय सिकाईका लागि विद्यालय शिक्षा क्षेत्र योजना तथा बजेट निर्माणमा स्थानीय सरकारको क्षमता अभिवृद्धि कार्यक्रम अन्तर्गत महाकाली नगरपालिकाको शिक्षा समिति, कार्यदल, जनप्रतिनिधि, विद्यालय व्यवस्थापन