विशेष

प्रधानमन्त्री दाहाल र भारतका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ। सात चरणमा सम्पन्न लोकसभा निर्वाचनको परिणाम सार्वजनिक भएसँगै प्रधानमन्त्री दाहालले आफ्ना भारतीय समकक्षीलाई बुधबार फोन गरेर सफलतापूर्वक निर्वाचन सम्पन्न भएकामा शुभकामना व्यक्त गरेका हुन्। त्यस अवसरमा उनीहरूबीच आपसी हित र साझा चासोका विविध विषयमा सङ्क्षिप्त कुराकानी भएको यहाँस्थित भारतीय राजदूतावासले जनाएको छ। प्रधानमन्त्री दाहालले नेपाल र भारतबीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउन अब गठन हुने सरकारसँग

दार्चुलामा पनि विश्व वातावरण दिवस मनाइयो

दार्चुला : ‘हाम्रो भूमि, हाम्रो भविष्य’ भन्ने विश्वव्यापी नाराका साथ दार्चुलामा बजार सरसफाइ र वृक्षारोपण गरी विश्व वातावरण दिवस २०८१ मनाइएको छ । अपीनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाको आयोजनामा प्रमुख जिल्लाअधिकारी र जिल्लास्थित सुरक्षा निकायका प्रमुख एवं सुरक्षाकर्मीहरुको उपस्थितिमा दिवस मनाइएको हो । दिवसका अवसरमा बिहान प्रभातफेरी कार्यक्रम निकाल्दै बजार सरसफाई गरिनुका साथै विभिन्न प्रजातिका फलफूलका बोटबिरुवाहरु रोपण गरिएको अपीनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका प्रमुख बिनय कुमार झाले जानकारी दिए

`महाकाली करिडोर र दार्चुला-तिंकर सडक आगामी आर्थिक वर्षको बजेट वक्तव्यबाट किन हट्यो ?´

काठमाडौं : प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले महाकाली कोरिडोर र दार्चुला-तिंकर सडक आगामी आर्थिक वर्षको बजेट वक्तव्यको प्राथमिकताबाट किन हटेको भन्दै अर्थमन्त्री बर्षमान पुनलाई प्रश्न गरेका छन्। बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद बडूले महाकाली कोरिडोर र दार्चुला-तिंकर सडक आगामी आर्थिक वर्षको बजेट वक्तव्यको प्राथमिकताबाट किन हटेको भन्दै अर्थमन्त्री बर्षमान पुनलाई प्रश्न गरेका हुन्। उनले भने, – ‘चालु आर्थिक वर्षको बजेट वक्तव्यको पृष्ट ५७ ,बुदा नम्बर २९९ मा

व्याँसमा बालीविज्ञान प्रशिक्षक र सहायक प्रशिक्षकको परीक्षा मन्दिरमा संचालन

दार्चुला : दार्चुलाको व्याँस गाउँपालिकामा बालीविज्ञान प्रशिक्षक र सहायक प्रशिक्षकको परीक्षा मन्दिरमा संचालन गरिएको छ । सम्पाल मावि सुन्सेराको माध्यमिक तह (कक्षा ९–१२) प्राविधिक धारतर्फ बाली विज्ञान विषयको परीक्षा व्याँस गाउँपालिका–४ स्थितको गोरखनाथ देवताको मन्दिरमा संचालन गरिएको हो । जेठ १९ र २० गते संचालन गरिएको परीक्षाको अन्तिम नतिजा सार्वजनिक भएको छ । बालीविज्ञान प्रशिक्षकमा डोटीको बडिकेदार गाउँपालिका–५ का लोकेश कठायत सिफारिस भएका छन् । भने सहायक प्रशिक्षकमा दशरथचन्द नगरपालिका–६

नेपालको खेल प्रत्यक्ष प्रशारण गर्न सबै स्थानीय तहलाई निर्देशन

काठमाडौं : आज टी-२० विश्वकपअन्तर्गत नेपाल र नेदरल्याण्डबीचको खेल प्रत्यक्ष प्रशारण गर्न देशभरका सबै स्थानीय तहलाई निर्देशन दिइएको छ। मंगलबार विश्वकपअन्तर्गत नेपाल र नेदरल्याण्डबीचको खेल प्रत्यक्ष प्रशारण गर्न देशभरका सबै स्थानीय तहलाई निर्देशन दिइएको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ। सचिवस्तरीय निर्णयअनुसार सबै स्थानीय तहमा पत्राचार गरी आवश्यक समन्वय र सहजीकरणका लागि निर्देशन दिइएको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ। नेपाल र नेदरल्याण्डबीचको खेल आज राति ९:१५ बजेदेखि सुरू हुँदैछ।

सुदूरपश्चिममा सबैभन्दा बढी बेरुजु शैल्यशिखरमा, दोश्रोमा छिमेकी डिलाशैनी

दार्चुला । सुदूरपश्चिमका ८८ स्थानीय तहमध्ये सबैभन्दा बढी बेरुजु दार्चुलाको शैल्यशिखर नगरपालिकाको देखिएको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको २०८१ को ६१औँ वार्षिक प्रतिवेदनमा शैल्यशिखर नगरपालिकाको बेरुजु ८.०५ प्रतिशत रहेको छ। यस्तै, शैल्यशिखर नगरपालिकाको छिमेकी गाउँपालिका बैतडीमा रहेको डिलाशैनी गाउँपालिका बढी बेरूजुमा सुदूरपश्चिमकै दोश्रो स्थानमा रहेको छ। डिलाशैनीको बेरुजु ७.६२ प्रतिशत रहेको छ।

सांसद बडूको प्रश्न– महाकाली कोरिडोर किन सरकारको प्राथमिकतामा परेन ?

दार्चुला : दार्चुलाबाट निर्वाचित सांसद दिलेन्द्र प्रसाद बडूले महाकाली कोरिडोर सरकारको प्राथमिकतामा किन परेन भनेर प्रश्न गरेका छन् । आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेटमाथिको छलफलका क्रममा सोमवार सांसद बडूले महाकाली कोरिडोरमा न्युन बजेट छुट्याइएको भन्दै प्राथमिकतामा नपर्नुको कारण सोधेका हुन् । उनले महाकाली कोरिडोर र यसअन्तर्गतको दार्चुला–तिंकर सडक खण्डमा बजेट विनियोजनबारे अर्थमन्त्री र भौतिक पूर्वाधार मन्त्रीलाई प्रश्न गरेका छन् । दक्षिणमा कञ्चनपुरको दोधरा–चादनी सुख्खा बन्दरगाह जोड्ने र उत्तरमा पवित्र

दार्चुला प्रशासन : सेवाग्राहीका लागि छुट्टै ईमेल, भाइबर र ह्वाट्सएप

दार्चुला : जिल्ला प्रशासन कार्यालय दार्चुलाले सेवाग्राहीका लागि छुट्टै नयाँ ईमेल, भाइबर र ह्वाट्सएप संचालनमा ल्याएको छ । कार्यालयमा आउने सेवाग्राहीको सहजताका लागि नयाँ ईमेल, भाइबर र ह्वाट्सएप संचालनमा ल्याइएको प्रशासनले जनाएको छ । आइतवार जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै सेवाग्राहीले साथमा लिन बिर्सेको तथा छुटेका कागजातहरु ईमेल, भाइबर र ह्वाट्सएपमार्फत पठाउन सकिने जनाएको छ । प्रशासनले सेवाग्राहीका लागि [email protected] नामक ईमेल आइडी, ९८४८८४४१२० नम्बरको ह्वाट्सएप र भाइबर

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकद्वारा क्युआर मर्चेन्टलाई सम्मान

कैलाली : नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले फोन पे क्युआर मर्चेन्टलाई सम्मान गरेको छ । शनिवार धनगढीस्थित होटल रुबसमा आयोजित एक समारोहका बीच रोस्यो हस्पिटालिटि प्राइभेट लिमिटेड र धनगढी टायर हाउसलाई नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको क्युआरमार्फत आफ्नो संस्थामा कारोबार गरी डिजिटल बैंकिङ प्रणालीलाई प्रबर्द्धनमा योगदान गरेको भन्दै सम्मान गरिएको हो । सम्मान ग्रहण गर्दै रोस्यो हस्पिटालिटि प्राइभेट लिमिटेडका व्यवस्थापक हरी बस्नेत र धनगढी टायर हाउसका प्रोप्राइटर ईश्वर खड्काले बिगत

यार्सा सिजनः के रामायणका लक्ष्मणलाई यार्साले नै बचाएको थियो ?

काठमाडौं । यो सिजनको यार्सागुम्बा टिप्न गएका तीन जनाले ज्यान गुमाएका छन्। दुई जनाको लेक लागेर र एकजना भीरबाट लडेर मृत्यु भएको मृत्यु भएको छ। लेक लागेर सिकिस्त एकजनाको उपचार भैरहेको स्थानीय प्रशासनले जनाएको छ। तीन वर्षअघि यसैगरी यार्सा टिप्न गएका १० जनाले ज्यान गुमाएका थिए। तीमध्ये ७ जनाको लेक लागेर, २ जनाको लडेर र एक जना बच्चाको चिसोले कठाङ्ग्रिएर ज्यान गएको थियो। यो वर्ष पाटन ठूलो कोइकिमा लेक लागेर