राष्ट्रिय मावि ठिङमा वृहत शैक्षिक अभिमुखीकरण कार्यक्रम
दार्चुला : दार्चुलाको मालिकार्जुन गाउँपालिका–२ को राष्ट्रिय मावि ठिङमा शैक्षिक अभिमुखीकरण कार्यक्रम गरिएको छ । राष्ट्रिय मावि ठिङको आयोजना तथा मन्थली मावि रामेछापका सहायक प्रधानाध्यापक चन्द्र सिंह धामीको संयोजनमा बुधवार शैक्षिक अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो ।`समाज रुपान्तरण तथा शैक्षिक सुधारका लागि शिक्षक, विद्यार्थी तथा अभिभावकको भूमिका´ विषयक एक दिने वृहत शैक्षिक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको स्थानीय समेत रहेका मन्थली मावि रामेछापका सहायक प्रधानाध्यापक चन्द्र सिंह धामीले जानकारी दिए ।










