नेपालको खेल प्रत्यक्ष प्रशारण गर्न सबै स्थानीय तहलाई निर्देशन
काठमाडौं : आज टी-२० विश्वकपअन्तर्गत नेपाल र नेदरल्याण्डबीचको खेल प्रत्यक्ष प्रशारण गर्न देशभरका सबै स्थानीय तहलाई निर्देशन दिइएको छ। मंगलबार विश्वकपअन्तर्गत नेपाल र नेदरल्याण्डबीचको खेल प्रत्यक्ष प्रशारण गर्न देशभरका सबै स्थानीय तहलाई निर्देशन दिइएको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ। सचिवस्तरीय निर्णयअनुसार सबै स्थानीय तहमा पत्राचार गरी आवश्यक समन्वय र सहजीकरणका लागि निर्देशन दिइएको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ। नेपाल र नेदरल्याण्डबीचको खेल आज राति ९:१५ बजेदेखि सुरू हुँदैछ।










![पर्यटकको आकर्षक गन्तव्य ‘अरशिया ब्याम्बो ग्रोभ’[फोटो फिचर]](https://www.najariya.com/wp-content/uploads/2024/06/Web-Post-250x250.jpeg)