शिक्षा

सम्पाल मावि सुन्सेराका प्रअ बलदेव सिंह धामीलाई राष्ट्रिय शिक्षा पुरस्कार

दार्चुला : दार्चुलाको ब्याँस गाउँपालिका वडा नम्बर ४ स्थित सम्पाल माध्यमिक विद्यालय सुन्सेराका प्रधानाध्यापक बलदेव सिंह धामीले राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरेका छन् । राष्ट्रिय शिक्षा दिवसका अवसरमा शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका व्यक्तिहरुलाई प्रदान गरिएको राष्ट्रिय शिक्षा पुरस्कार धामीलाई पनि प्रदान गरिएको हो । सम्पाल मावि सुन्सेरामा कार्यरत धामी माध्यमिक द्वितीय श्रेणीका शिक्षक हुन् ।

धापमा अंग्रेजी शिक्षक अभाव : पठनपाठन अवरुद्ध भएको भन्दै विद्यार्थी आन्दोलित

दार्चुला : महाकाली नगरपालिका–७ धापमा रहेको मालिकार्जुन नमुना माविमा कक्षा ११–१२ मा अंग्रेजी शिक्षक अभाव भएको ५ महिना भयो । कक्षा ११ र १२ मा अंग्रेजी विषय पढाउने शिक्षक पुस्कर सिंह रैखोला गत चैतमा आधारभूत तह (०–५) मा स्थायी नियुक्ती लागि सिफारिस भएपछि विद्यालयमा शिक्षक अभाव भएको हो । शिक्षक अभाव भएपछि २०८१ जेठ ८ गते विद्यालय व्यवस्थापन समितिको बैठक बस्यो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष देव सिंह धामीको अध्यक्षतामा

मालिकार्जुन नमुना मावि धापमा अंग्रेजी शिक्षक अभाव

दार्चुला : महाकाली नगरपालिका–७ धापमा रहेको मालिकार्जुन नमुना माविमा कक्षा ११ र १२ मा अंग्रेजी शिक्षक अभाव रहेको छ । उक्त विद्यालयमा गत बैशाखदेखि शिक्षक अभाव रहेको हो । कक्षा ११ र १२ मा पढाउने राहत अनुदान कोटाका शिक्षक पुस्कर सिंह रैखोला प्रावि तहमा स्थायी नियुक्त भएपछि विद्यालयमा शिक्षक अभाव रहेको हो । रैखोलाले चैत अन्तिम तिर स्थायीको नियुक्ती बुझेका थिए । विद्यालयमा अंग्रेजी शिक्षक अभाव हुँदा पठनपाठन प्रभावित भएको

अपिहिमालको खण्डेश्वरी माविका छात्राहरुमा रुने, कराउने समस्या

दार्चुला : दार्चुलाको अपिहिमाल गाउँपालिका–४ स्थितको खण्डेश्वरी मावि क्षेत्तीका छात्राहरुमा रुने, कराउने र बेहोस हुने समस्या देखा पर्न थालेको छ । केहि दिनदेखि छात्राहरुमा यो समस्या देखिएको विद्यालयका निमित्त प्रधानाध्यापक लक्ष्मण राज जोशीले जानकारी दिए । प्राथनाका बेला छात्राहरु बेहोस हुने, चिच्याउने गर्न थालेका छन् । जसले गर्दा पठनपाठन अवरुद्ध हुने अवस्था सृजना भएको उनले बताए । एक जनाले रुन, कराउन थालेपछि बिस्तारै अन्य छात्राहरूमा पनि सोही समस्या हुने गरेको

सुदूरपश्चिम विश्वविद्यालयमा स्नातक तहमा भर्ना खुल्यो (सूचनासहित)

दार्चुला : सुदूरपश्चिम विश्वविद्यालयले स्नातक तहमा भर्ना आवेदन खुला गरेको छ । विभिन्न संकायतर्फका सेमेस्टर प्रणालीमा आधारित स्नातक तह प्रथम वर्षका शैक्षिक कार्यक्रमहरुमा भर्ना खुलेको सूजनामार्फत जनाइएको छ । शैक्षिक सत्र २०८१ का लागि मानविकी तथा सामाजिक शास्त्र, व्यवस्थापन, शिक्षाशास्त्र, विज्ञान तथा प्रविधि, इन्जिनियरिङ, कानून, कृषि विज्ञान र प्राकृतिक स्रोत व्यवस्थापन संकायमा विद्यार्थी भर्ना खुलेको सुदूरपश्चिम विश्वविद्यालयले जनाएको छ । जसमा प्रवेश परीक्षा आवेदन फाराम वितरण साउन २३ गतेदेखि सुरु

एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थीलाई सम्मान

दार्चुला : दार्चुलाको दुहुँ गाउँपालिकाले एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थीलाई सम्मान गरेको छ । एसइई परीक्षा २०८० मा उत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थीलाई नगदसहित सम्मान गरिएको हो । दुहुँ गाउँपालिकामै उत्कृष्ट नतिजा ल्याउने विद्यालय पिपलचौरी मावि विणलाई आइतवार एक कार्यक्रमका बीच सम्मान गरिएको शिक्षा शाखा प्रमुख लोकेन्द्र बहादुर बमले जानकारी दिए । पिपलचौरी मावि विणले पालिकाका प्रथम स्थान ल्याएको थियो । एसइईमा यो विद्यालयले ३३ दशमलव

एसइई ग्रेडवृद्धि परीक्षा केन्द्र मार्मामा पनि थप, जिल्लाभरि ५ केन्द्र कायम

दार्चुला : एसइई ग्रेडवृद्धि परीक्षाका लागि दार्चुलाको मार्मा गाउँपालिकामा परीक्षा केन्द्र थप गरिएको छ । यसअघि जिल्लाभरी मार्माबाहेक ५ ओटा परीक्षा केन्द्र कायम गरिएकोमा बर्खाको समयमा विद्यार्थीको समस्यालाई ध्यानमा राख्दै मार्मा गाउँपालिकामा पनि परीक्षा केन्द्र कायम गरिएको हो । दार्चुलामा महाकाली नगरपालिकाको महेन्द्र नमुना मावि खलंगा, मालिकार्जुन नमुना मावि धाप, शैल्यशिखर नगरपालिकाको गोकुलेश्वर मावि गोकुले, लेकम गाउँपालिकाको लटिनाथ मावि चन्दनपुर चौपाता र मार्मा गाउँपालिको लटिनाथ मावि रस्कोट गरी ५ ओटा

एसइई नतिजा विश्लेषण, यस्तो छ दार्चुलाको समग्र नतिजा

दार्चुला : दार्चुलामा माध्यमिक शिक्षा परीक्षा एसइई २०८० नतिजाको विश्लेषण गरिएको छ । प्रधानाध्यापक संघ नेपाल (प्यान) दार्चुलाको आयोजनामा शनिवार जिल्लाका माध्यमिक विद्यालयका प्रअ, शिक्षा विकास तथा समन्वय इकाईका प्रतिनिधि, जिल्ला समन्वय समिति, प्रमुख, स्थानीय जनप्रतिनिधि लगायत सरोकारवालाहरुको उपस्थितिमा एसइई नतिजाको विश्लेषण गरिएको हो । दार्चुलामा यस वर्षको एसइई परीक्षामा १९ दशमलव ९६ प्रतिशत विद्यार्थी उतीर्ण भएको शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाले जनाएको छ ।जिल्लामा १३ जना विद्यार्थीले ए

एसइईमा दार्चुलाका ७ विद्यालय ‘निल’

दार्चुला : माध्यमिक शिक्षा परीक्षा २०८० मा दार्चुलाका सात वटा सामुदायिक विद्यालयको नतिजा शून्य आएको छ । शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाका अनुसार दार्चुलाका ५ स्थानीय तहका ७ वटा विद्यालयको नतिजा शून्य आएको हो ।यस वर्षको एसइई परीक्षामा जिल्लाको महाकाली नगरपालिकाको अल्कापुरी मावि कोटकौतोली, शैल्यशिखर नगरपालिकाका भूमिराज मावि तौकी र बद्रीनाथ मावि बोहरीगाउँ, लेकम गाउँपालिकाका हुनैनाथ मावि कुणी र केदारनाथ मावि धरमघर, मालिकार्जुन गाउँपालिकाको निलपातालेश्वर मावि भर्तोला र मार्मा

एसइई पूरक परीक्षा साउन २३ गतेबाट, तालिका सार्वजनिक

भक्तपुर : परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसइई पूरक परीक्षाको तालिका सार्वजनिक गरेको छ । सोमबार बसेको राष्ट्रिय परीक्षा बोर्डको निर्णय अनुसार साउन २३ गते देखि सुरु गर्ने गरी आज तालिका सार्वजनिक गरेको हो । २०८० साल चैत्र १५ गते देखि सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा नियमित परीक्षार्थीको रूपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीहरूले पूरक परीक्षामा भाग लिन पाउने जनाएको छ