समाचार

राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाउँदा राष्ट्रियता र सँस्कृति झल्किने पहिरन लगाउन पाइने

दार्चुला : सरकारले राष्ट्रिय परिचयपत्रमा धार्मिक, साँस्कृतिक र जातीय पहिचान जनाउने पहिरन लगाएको फोटो राख्न बाधा नपर्ने प्रष्टिकरण दिएको छ। टोपी, सिन्दूरपोते र टिकासमेत हटाएर फोटो खिच्न लगाइएको भन्दै सरकारको आलोचना भएपछि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सरोकारवाला निकायलाई चारबुँदे निर्देशन जारी गर्दै यस्तो प्रष्टिकरण दिएको हो। विभागले फोटो खिच्दा सिन्दूर, टिका, राष्ट्रियता झल्किने टोपी, धार्मिक, साँस्कृतिक तथा जातीय पहिचान जनाउने पहिरन लगाउन सकिने बताएको छ। विभागले राष्ट्रिय परिचयपत्रको जैविक

मार्माको पहिरो प्रभावित क्षेत्रमा प्रतिनिधिसभा सदस्य बडू, उचित पहल थाल्ने प्रतिवद्दता

दार्चुला : दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री दिलेन्द्र प्रसाद बडूले मार्मा गाउँपालिकाको पहिरो प्रभावित क्षेत्रको स्थलगत अनुगमन/निरीक्षण गर्नुभएको छ । बुधबार मार्मा गाउँपालिका वडा नम्बर ४ र ५ का बाढी-पहिरो प्रभावित समुदाय संग भेटघाट गर्नुका साथै पहिरोको स्थलगत अनुगमन गर्नु भएको हो । पूर्वाधार विकास कार्यालय बैतडीका ईन्जिनियर लगायत विभिन्न कार्यालयका प्राविधिक सहितको टोली लिएर बाढीपहिरो प्रभावित क्षेत्र पुग्नु भएका प्रतिनिधिसभा सदस्य बडूले पहिरोको उचित व्यवस्थापन र प्रभावित क्षेत्रका

दार्चुला प्रशासनद्वारा ९३ लाख बढी राजस्व संकलन

दार्चुला : जिल्ला प्रशासन कार्यालय दार्चुलाले ९३ लाख बढी राजस्व संकलन गरेको छ । कार्यालयले आर्थिक वर्ष २०८०÷०८१ मा ९३ लाख ३१ हजार २ सय २० रुपैयाँ राजस्व संकलन गरेको हो । राजस्व सबैभन्दा बढी राहदानी शूल्कबाट उठेको छ । राहदानी शुल्कबापत ८५ लाख ७ हजार ५ सय, न्यायिकदण्ड, जरिवाना र जफतबाट १ लाख ५३ हजार ५ सय ६७ रुपैयाँ, हातहहतियार इजाजतपत्र नविकरण दस्तुरबाट ४ लाख ४३ हजार ४ सय,

`विपद् व्यवस्थापनमा सक्रिय हुन निर्देशन´

दार्चुला : जिल्ला विपद् व्यवस्थापन समिति दार्चुलाको बैठक सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समिति संयोजक यज्ञराज जोशीको अध्यक्षतामा मंगलवार बैठक बसेको हो । मनसुनजन्य वर्षातका कारण बाढी, पहिरो लगायतका घटनाबाट हालसम्म भएको क्षतिका सम्बन्धमा छलफल गर्न र थप क्षति हुन नदिनका लागि सरोकारवाला निकायहरुको उपस्थितिमा बैठक बसेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । चालू आर्थिक वर्ष २०८१/०८२ का लागि जिल्ला विपद् पूर्व तयारी

आफैले शिलान्यास गरेको मोटरेवल पुलको पूर्वमन्त्री बडूद्वारा स्थलगत अवलोकन

दार्चुला : दार्चुलाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री दिलेन्द्र प्रसाद बडूले दार्चुलामा निर्माण भइरहेको नेपाल–भारत जोड्ने मोटरेवल पुलको अवलोकन गरेका छन् । दार्चुलाको महाकाली नगरपालिका–८ असिगडा र भारतको छारछुम जोड्ने मोटरेवल पुलको मंगलवार बिहान पूर्वमन्त्री बडूले स्थलगत अवलोकन गरेका हुन् । निर्माणाधिन पुलको पछिल्लो अवस्था र कार्यप्रगतिको बारेमा पूर्वमन्त्री बडूले कार्य क्षेत्रमा पुगेर अवलोकन गरेको उनको सचिवालयले जनाएको छ । स्थलगत अनुगमनका क्रममा पूर्वमन्त्री बडूले पुल निर्माण कम्पनीका ईन्जिनियर

दार्चुला एमालेका नेताकार्यकर्ताको प्रधानमन्त्री ओलीलाई ८ बुद्धे मागसहितको ज्ञापनपत्र

दार्चुला : नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई दार्चुलाका एमाले नेताकार्यकर्ताले जिल्लाको विकासका लागि ८ बुद्धे ज्ञापनपत्र बुझाएका छन् । पूर्वमन्त्री एवं एमाले पोलिटब्युरो सदस्य गणेश सिंह ठगुन्ना नेतृत्वको टोलीले अध्यक्ष ओलीसंग सोमवार भेटेर ८ बुद्धे मागसहितको ज्ञापन बुझाएका हुन् । ओली प्रधानमन्त्री भएपछि पहिलोपटक दार्चुलाको पार्टीको प्रतिनिधिमण्डलले भेटघाट गरि बधाई दिएको र समसामयिक विषयमा लिखित माग पेश गरिएको जनाएका छन् । उनीहरुले बुझाएको माग पत्रमा दार्चुला टिंकर

पूर्वमन्त्री बडूद्धारा कभर्ड हलको निरीक्षण

दार्चुला : जिल्ला सदरमुकाम खलंगामा रहेको जीर्ण कभर्डहलको पूर्वमन्त्री एवं दार्चुलाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य दिलेन्द्र प्रसाद बडूले निरीक्षण गर्नुभएको छ । कभर्डहलको पुनः निर्माणका विषयमा सोमवार पूर्वमन्त्री बडूले अनुगमन निरीक्षण गर्नुभएको हो । खुलामन्चको छेउमा रहेको कभर्डहल २०७० सालमा महाकाली नदीमा आएको बाढीले आधा बगाएको थियो । सो वर्षबाट जीर्ण अवस्थामा उक्त कभर्ड हल छ । यसअघि पूर्वमन्त्री बडूले सांसद विकास कोष मार्फत भएपनि कभर्डहल पुनः निर्माणका लागि १

सरोकारवाला निकायले चाँसो नदेखाएपछि निर्माण व्यसायी संघले अवरुद्ध सडक खुलाउँदै

दार्चुला : सरोकारवाला निकायले अवरुद्ध सडक खुलाउन चाँसो नदेखाएपछि निर्माण व्यवसायी संघ दार्चुलाका अध्यक्षको पहलमा किम्तडीस्थित पिपलधारको पहिरो पन्छाउने कार्य भइरहेको छ । स्थानीय सरकार, सडक डिभिजन बैतडी र प्रशासनले सडक खुलाउन चाँसो नदिदा आफूले जेसीबी भाडामा लिएर दिउँसो ३ बजेबाट अवरुद्ध सडक खुलाउने कार्य गरिरहेको निर्माण व्यवसायी संघ दार्चुलाका अध्यक्ष सर्पराज बडूले बताए । दार्चुलाको महाकाली नगरपालिका–५ किम्तडीस्थित भीरमा माथिबाट पहिरो खस्दा शनिबार बिहान १० बजेबाट सडक अवरुद्ध छ

खलंगामा एक विद्यार्थीमाथि कुटपिट

दार्चुला : दार्चुला सदरमुकाम खलंगामा एक विद्यार्थीमाथि कुटपिट भएको छ । एसइई तयारीको लागि सदरमुकाम खलंगा आएका मार्मा गाउँपालिका-४ का निलम ठगुन्नामाथि केहि केटाहरुको समूहले कुटपिट गरेको हो ।शनिवार दिउँसो महाकाली नगरपालिका–५ महादेव मन्दिर नजिक ठगुन्नामाथि कुटपिट भएको नागरिक समाज दार्चुलाका अध्यक्ष महेश भट्टले जानकारी दिए । चार/पाँच जनाको समूहले उनीमाथि कुटपिट गरेको उनले बताए । कुटपिट गरि उनीहरु फरार भएका छन् ।घाइते ठगुन्नालाई भट्टले जिल्ला अस्पताल दार्चुलामा लगेर उपचार

मार्माका बाढी पहिरो पीडित परिवारलाई राहत वितरण

दार्चुला : दार्चुलाको मार्मा गाउँपालिकाका बाढी पहिरो पीडित परिवारलाई राहत वितरण गरिएको छ । मार्मा गाउँपालिकाको समन्वयमा शुक्रवार अक्सफाम नेपालको आर्थिक सहयोगमा सिआरडिएस नेपाल दार्चुलाले बाढी पहिरो पीडित परिवारलाई खाद्यान्नसहितको राहत सामाग्री वितरण गरेको हो । मार्माका बाढी पहिरो पीडित ३५ परिवारलाई खाद्य सामाग्रीसहित सेल्टर किट र हाईजिन किट लगायतका राहत सामाग्री वितरण गरिएको सामुदायिक ग्रामिण विकास समाज (सिआरडिएस) नेपाल दार्चुलाका कार्यकारी निर्देशक अशोक ओझाले जानकारी दिए । मार्मा गाउँपालिकाका