समाचार

पार्किङ गरि राखेका दुई जीपमा तोडफोड

दार्चुला : दार्चुलामा पार्किङ गरि राखेका दुई जीपमा तोडफोड भएको छ । बिहिवार रातिको समयमा अज्ञात समूहले महाकाली नगरपालिका-४ खेट्टेखोलामा पार्किङ गरि राखेका ब्याँस गाउँपालिका-३ सिनाका जनक सिंह धामीको सु.प.प्र. ०१-००१ ज १४६१ र सोही गाउँपालिकाको वडा नम्बर ५ तिग्रमका अशोक कुवरको म १ ज १४४ नम्बरको बोलेरो जीपमा फोडफोड गरेका हुन् । जीपका सिसा फुटालेर भित्र रहेका म्युजिक सिस्टम र कागजात चोरी गरेको चालकहरुले बताएका छन् । घटनामा संलग्नहरुको

भारतको धौलीगंगा बाँध खोलिदै, सतर्क रहन आग्रह

दार्चुला : भारतको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलिने भएको छ । एनएचपीसी लिमिटेड र धौलीगंगा पावरस्टेसनले परियोजनाको बाँध भदौ १५ गते मध्यान्ह १२ बजेदेखि भदौ १६ गतेसम्म खोलिने जनाएको छ । बाँध खोलेको समय र त्यसपछिका केही घण्टा महाकाली नदीमा जलस्तर बढ्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दाहरुलाई सतर्कता अपनाउन आग्रह गरिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताए । धौलीगंगा पावरस्टेशनको बाँधमा सिल्ट सरसफाई कार्य गर्नुपर्ने भएकाले

डुङरीमा जीप दुर्घटना

दार्चुला : महाकाली नगरपालिका-३ डुङरीमा जीप दुर्घटना भएको छ । महाकाली नगरपालिका-२ सेलाबाट खलंगातर्फ आइरहेको भे १ च २०७९ नम्बरको जीप बिहिवार दिउँसो पौने तीन बजेतिर खलंगा-दल्लेख सडकखण्डको डुङरीमा दुर्घटना भएको हो । जीप सडकबाट १० मिटर तल खसेको छ । मानवीय क्षति भने नभएको बताइएको छ ।

गौरालाई मध्यनजर गर्दै खलंगामा मदिराका पसल बन्द

दार्चुला : गौरा पर्वलाई मध्यनजर गरेर दार्चुला जिल्ला सदरमुकाम खलंगाका मदिरा पसल बन्द गरिएका छन् । गौरा पर्वलाई शान्त, भयरहित वातावरणमा सम्पन्न गर्नका लागि मदिरा विक्रीवितरण तथा सेवनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । खलंगा बजारका सबै मदिरा पसल बिहानैदेखि प्रहरीले बन्द गराएको थियो । सुदूरपश्चिममा मनाइने गौरा पर्वको मुख्य दिन आज अठ्यावाली भएपनि अठ्यावाली पछि खेलहरु हुने भएकाले गौरा पर्व समापन नहुँदासम्म मदिराको कारोबारमा रोक लगाएको

दार्चुलामा खैरो हेरोइनसहित तीन जना पक्राउ

दार्चुला : दार्चुलामा खैरो हेरोइनसहित तीन जना पक्राउ परेका छन् । जिल्लाको शैल्यशिखर नगरपालिका-९ गोकुलेश्वरबाट बिरेन्द्र चन्द, जगदिश कोली र सुरज महर खैरो हेरोईनसहित पक्राउ परेका हुन् । शुक्रवार राती साढे ८ बजेको समयमा मोटरसाइकलमा सवार उनीहरु ९८० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दार्चुलामा भन्सार छलीको कपडा बरामद

दार्चुला : दार्चुलाबाट भन्सार छलीका कपडा बरामद गरिएको छ । महाकाली नगरपालिका-८ जामिरपानीबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ४० हजार ४ सय मूल्य बराबरको सामान सोमबार बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  प्रहरी चौकी धापबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा सुटपिस, कुर्ती, मेक्सी लगायतका कपडा फेला पारी बरामद गरेको जनाएको छ । 

दार्चुलाको टिंकरमा दुई महिनाभित्र अध्यागमन कार्यालय स्थापना गर्दैछौ : गृहमन्त्री लेखक

दार्चुला : दार्चुलाको त्रिदेशीय नाका नजिकै अध्यागमन कार्यालय खोल्ने तयारी रहेको गृहमन्त्री रमेश लेखकले जानकारी दिएका छन् । दार्चुलाको व्याँस गाउँपालिका -१ स्थित टिंकर क्षेत्रमा सरकारले दुई महिनाभित्र अध्यागमन कार्यालय खोल्ने काम गृह मन्त्रालयले अन्तिम चरणमा पुर्‍याएको गृहमन्त्री लेखकले बताए ।  काठमाडौंमा सोमवार चौपातो, नेपाल संस्थाले आयोजना गरेको कार्यक्रममा गृहमन्त्री लेखकले चीन र भारतसँग सुदूरपश्चिमको व्यापारीक सम्बन्ध बढाउनका लागि सरकारले काम गरिरहेको बताए । उनले चीन र भारतलाई जोड्नका लागि सडक

शैल्यशिखरका कृषि प्राविधिक अधिकृत धामीसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

दार्चुला : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दार्चुलाको शैल्यशिखर नगरपालिकाका कृषि प्राविधिक अधिकृत मोहनसिंह धामी र कृषि नायब प्राविधिक सहायक अशोकसिंह धामीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।कृषि समूहको बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका उनीहरूविरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।  आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार उनीहरू सेवाग्राहीबाट लिएको नगद ४ लाख १२ हजार रुपैयाँ, अशोकसिंह धामीको नाममा काटिएको ५ लाख रुपैयाँको चेकसहित पक्राउ परेका थिए । कृषि समूहको बिल भुक्तानी

दार्चुलामा भैंसी ओसारी रहेको ट्याक्टर पल्टिदा दुई जना घाइते

दार्चुला : दार्चुलामा भैंसी ओसारी रहेको ट्याक्टर पल्टिदा दुई जना घाइते भएका छन् । मंगलवार दिउँसो साढे ४ बजेतिर महाकाली नगरपालिका- ३ बाँजमा ट्याक्टर दुर्घटना भएको हो। जिल्ला सदरमुकाम खलंगाबाट भैंसी लगेर गएको सुदूरपश्चिम प्रदेश ०१- ००२ त ५८०३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा त्यसमा सवार महाकाली नगरपालिका वडा नम्बर ३ का अन्दाजी ६० वर्षीय परम सिंह महरा र सोही ठाउँका अन्दाजी ५० वर्षीय गोबिन्द महरा घाइते भएका छन् । घाइते

जुवाखालबाट वडाध्यक्षसहित ६ जना पक्राउ

दार्चुला : दार्चुलामा जुवाखालबाट वडाध्यक्षसहित ६ जना पक्राउ परेका छन् । जिल्ला सदरमुकाम खलंगास्थितको महाकाली नगरपालिका-४ टिङ्करखेडास्थित बडाल फास्टफुडबाट शुक्रवार साझँ उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा दुँहु गाउँपालिका-२ का फास्टफुडका संचालक जनक बडाल, महाकाली नगरपालिका-१ का मोहन सिंह महरा, नौगाड गाउँपालिका-४ का कृष्ण सिंह धामी, दुहुँ गाउँपालिका- ५ का देबराम पार्की, मालिकार्जुन गाउँपालिका-३ का निरज धामी र नौगाड गाउँपालिका-१ का जनक ठेकरे रहेका छन् । पक्राउ परेकामध्ये मोहन