दार्चुला अस्पतालमा रेबिजविरुद्धको खोप अभाव
दार्चुला : दार्चुला अस्पतालमा रेबिजविरुद्धको खोप अभाव भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले जिल्ला अस्पताललाई खोप उपलब्ध गराउन नसक्दा खोप अभाव भएको हो । जंगली जनावर र घरपालुवा जनावरले टोकेपछि लगाउनुपर्ने रेबिजको खोप अभाव भएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्बर दत्त भट्टले जानकारी दिनुभयो । सरकारले निःशुल्क उपलब्ध गराउँदै आइरहेको खोप अभाव हुँदा बिरामी खोप नलगाई फर्कन बाध्य छन् । विगत एक हप्तादेखि अस्पतालमा रेविजविरुद्धको खोप