ब्लड बैंक स्थापनाका लागि अग्रसरता : कर्मचारी र सुरक्षाकर्मीद्धारा ५ लाख रकम संकलन
दार्चुला : दार्चुला अस्पतालमा ब्लड बैंक स्थापनाका लागि राष्ट्रसेवक कर्मचारी र सुरक्षाकर्मीहरुले अग्रसरता देखाएका छन् । अस्पतालमा रगतको सहज आपूर्ति व्यवस्थापनका लागि प्रमुख जिल्ला अधिकारी अनिल पौडेलको अग्रसरतामा ब्लड बैंक स्थापनार्थ सहयोग रकम संकलन गरिएको हो । ब्लड बैंकको स्थापनाका लागि ५ लाख रकम संकलन भएको छ । जिल्लास्थित सरकारी कार्यालयका कर्मचारी र सुरक्षाकर्मीहरुबाट स्वःस्फूर्त रुपमा ५ लाख २ हजार ८८१ रुपैयाँ संकलन भएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी