दार्चुलामा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन हुने
दार्चुला : दार्चुलामा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै मंसिर २ गतेदेखि १२ गतेसम्म जिल्लाभर कोरोनाविरुद्धको खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख, बरिष्ठ जनस्वास्थ्य अधिकृत रमेश कुँवरले जानकारी दिए । उनका अनुसार जिल्लाका ९ वटै स्थानीय तहमा मंसिर २ गतेदेखि १२ गतेसम्म खोपअभियान सञ्चालन गर्न पत्राचार गरिएको छ । पालिका अन्तर्गतका वडा स्तरीय स्वास्थ्य संस्थाहरुमा खोपकेन्द्र रहने गरी बढीमा ३ दिनसम्म