ब्याँस गाउँपालिका–३ को अपिल : बालबालिकालाई वडाकै सामुदायिक विद्यालयमा भर्ना गरिदिनुस्
दार्चुला : दार्चुलाको ब्याँस गाउँपालिका वडा नम्बर ३ ले वडाका विद्यार्थीलाई वडाकै सामुदायिक विद्यालयमा भर्ना गर्न अपिल गरेको छ । मंगलवार वडा अध्यक्ष उपेन्द्र सिंह धामीले एक सूचना जारी गर्दै वडाभित्रका अभिभावकलाई आफ्ना छोराछोरीलाई वडाकै सामुदायिक विद्यालयमा भर्ना गर्न अपिल गरेका हुन् । नयाँ शैक्षिक सत्र सुरु भएसँगै भर्ना अभियान पनि प्रारम्भ भएको छ । ‘वडा नम्बर ३ स्थायी ठेगाना भई आफ्ना बालबालिकाहरुलाई यस वडाका विद्यालयभन्दा बाहिर भर्ना गरि अध्ययन










