दार्चुलामा अनिश्चितकालीन कफ्र्यु आदेश जारी
दार्चुला : दार्चुलामा अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले मंगलवार राति १० बजेदेखि लागू हुने गरी अनिश्चितकालीन कफ्र्यु जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी अनिल पौडेलद्वारा जारी आदेशमा आन्दोलनका कारण उत्पन्न असहज परिस्थितिको प्रभाव दार्चुला जिल्लामा समेत परेको, पार्टी कार्यालयहरु तोडफोड गरेको, अन्य सरकारी कार्यालय लगायतमा क्षति पुर्याउन सक्ने देखिएकाले शान्ति व्यवस्था कायम गर्न जिल्ला सुरक्षा समितिको मंगलवारको सिफारिस बमोजिम भदौ २४ गते राति










