दुहुँ–५ उपनिर्वाचन : कसैको पनि भएन उम्मेदवारी फिर्ता, स्वतन्त्रलाई अर्ना चुनाव चिन्ह
दार्चुला : दार्चुलाको दुहुँ गाउँपालिका–५ मा हुने वडा अध्यक्ष पदको उपनिर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरिएको छ । बुधवार उम्मेदवारी फिर्ताको समय दिएकोमा कसैले पनि उम्मेदवारी फिर्ता लिएनन् । मनोनयन दर्ता गराएका उम्मेदवारहरुलाई चुनाव चिन्ह समेत प्रदान गरिएजो निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । दुहुँ गाउँपालिका–५ मा तीन दलका सहित एक जना स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका थिए । वडाध्यक्ष पदका स्वतन्त्र उम्मेदवार लाल बहादुर कुँवरलाई










