भारतीय एक्साभेटर महाकाली नदी हुँदै नेपालतर्फ पुगेपछि विवाद
दार्चुला : महाकाली नदीमा तटबन्ध निर्माण कार्यका लागि भारतीय एक्साभेटर नदी हुँदै नेपालतर्फ पुगेपछि दार्चुलामा विवाद भएको छ । आइतवार बिहान साढे ११ बजेतिर निर्माण कार्य गर्न बाटो पन्छाएर नेपाली भूभागतिर प्रवेश गरेपछि विवाद भएको हो । भारतीय एक्साभेटर नेपाली क्षेत्रमा प्रवेश गरेपछि स्थानीय बासिन्दाहरु आक्रोशित बने । भारतीय ठेकेदारको एक्साभेटर अनुमतिबेगर नेपालतर्फ प्रवेश गरेपछि नियन्त्रणमा लिइएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए । एक्साभेटर नेपाली क्षेत्रमा प्रवेश