दार्चुलामा बस र जीप एकआपसमा ठोक्किए
दार्चुला : दार्चुलामा बस र जीप एक आपसमा ठोकिएका छन् । शुक्रवार बिहान साढे ८ बजेको समयमा शैल्यशिखर नगरपालिका-६ पनेबाज नजिकै बस र जीप एक आपसमा ठोक्किएका हुन् । जिल्ला सदरमुकाम खलंगाबाट महेन्द्रनगरका लागि छुटेको सुपप्र ०२-००१ ख १५२३ नम्बरको बस र गोकुलेश्वरबाट सदरमुकामतर्फ आइरहेको म १ ज २३९ नम्बरको बोलेरो जीप एक आपसमा ठोक्किँदा जीपको अगाडिको भागमा क्षति पुगेको छ । दुर्घटनामा मानवीय क्षति नभएको तर, जीपमा केहि क्षति










