महाकाली नगरपालिकाले ति¥यो घर भाँडावापत १४ लाख ९८ हजार
दार्चुला : जिल्ला सदरमुकाम खलंगामा रहेको महाकाली नगरपालिकासँग ठूलो आवासीय सुविधाको भवन छ । निजामति कर्मचारीहरुको आवासीय सुविधाको लागि निर्माण गरिएको एक ब्लक भवन पूरै नगरपालिकाले उपभोग गरिरहेको छ । चार तलाको उक्त भवनमा १६ कोठा छन् । तर, महाकाली नगरपालिकाले कार्यालय प्रयोजनका लागि भन्दै अघिल्लो वर्षदेखि बाहिर कोठा भाडामा लिएको छ । आर्थिक वर्ष २०८०/०८१ को लेखापरिक्षण प्रतिवेदन अनुसार महाकाली नगरपालिकाले घरभाडा वापत १४ लाख ९८ हजार ४२० रुपैयाँ








