दार्चुला भन्सार कार्यालयद्वारा लक्ष्यभन्दा बढी राजस्व संकलन
दार्चुला : दार्चुला भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा लक्ष्य भन्दा बढी राजस्व संकलन गरेको छ । गत आर्थिक वर्षमा ७५ लाख ७४ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा लक्ष्य भन्दा बढी ९५ लाख ७३ हजार ७०९ रुपैयाँ राजस्व संकलन गरिएको दार्चुला भन्सार कार्यालयका प्रमुख सुदीप मानन्धरले जानकारी दिए । कार्यालयले लक्ष्य भन्दा १९ लाख ९९ हजार ७०९ रुपैयाँ बढी राजस्व संकलन गरेको हो । सबैभन्दा बढी बैशाख महिना र










