दार्चुलामा पासोमा फसेको चितुवाको उद्धार
दार्चुला : दार्चुलामा पासोमा फसेको चितुवाको सकुशल उद्धार गरिएको छ । आइतवार राति ९ बजेतिर मालिकार्जुन गाउँपालिका-३ बसेडीमा स्थानीयहरुले थापेको पासोमा चितुवा फसेको थियो । राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लफाँटाबाट आएको प्राविधिक टोलीको सहयोगमा सोमवार राति साढे ८ बजेतिर चितुवाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता, प्रहरी निरीक्षक हेम राज भट्टले जानकारी दिए । कञ्चनपुरबाट आएको प्राविधिकहरुको टोलीले पासोमा फसेको चितुवालाई पासोबाट निकालेर होल्डिङ सेन्टर लगेको डिभिजन वन कार्यालय दार्चुलाका










