मालिकार्जुन गाउँपालिका–६ मा ४७० बाख्राको शिविरमार्फत औषधोपचार
दार्चुुला : मालिकार्जुन गाउँपालिका–६ उकुमा शिविरमार्फत बाख्राहरुको उपचार तथा औषधि वितरण गरिएको छ । गैरसरकारी संस्था गुड नेवर्स ईन्टरनेशनल नेपालको आर्थिक सहयोग, सामुदायिक ग्रामिण विकास समाज नेपालको सहजीकरण र मालिकार्जुन गाउँपालिकाको समन्वयमा एक दिने पशु स्वास्थ्य शिविरमार्फत बाख्राहरुमा देखिएको रोग र बाह्य परजीवीको उपचार गरिएको हो । बुधवार सञ्चालन गरिएको पशु स्वास्थ्य शिविरमार्फत एक सय घरपरिवारका ४ सय ७० बाख्राहरुमा देखिएको विभिन्न रोगको उपचार गरिएको सामुदायिक ग्रामिण विकास समाज नेपालद्धारा