विशेष

विद्यार्थीको सिकाइ आपूरण तथा द्रुत सिकाइका लागि शिक्षकहरुलाई तालिम

दार्चुला : विद्यालयमा विद्यार्थीको सिकाइ आपूरण तथा द्रुत सिकाइ क्रियाकलाप सञ्चालनका लागि शिक्षकहरुलाई क्षमता अभिवृद्धि तालिम दिइएको छ । महाकाली नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजना तथा सामुदायिक विकास केन्द्र डोटीको आर्थिक र प्राविधिक सहयोगमा शिक्षकहरुका लागि २ दिने क्षमता अभिवृद्धि तालिम सञ्चालन गरिएको हो । तालिमको बुधवार एक कार्यक्रमका बीच महाकाली नगरपालिकाका उपप्रमुख दुर्गा कुमारी खत्री विष्टले उद्घाटन गर्नुभएको थियो । दुई दिनसम्म चलेको तालिममा आधारभूत तहमा सिकाइ

दार्चुलामा भन्सार छलीको समान बरामद

दार्चुला : दार्चुलामा प्रहरीले भन्सार छलीको समान बरामद गरेको छ । जिल्लाको महाकाली नगरपालिका–४ रिङनतालबाट बेवारिसे अवस्थामा रहेको भन्सार छलीको समान बिहीवार बरामद गरेको हो । बेवारिसे अवस्थामा रहेको ४८ हजार ६ सय मूल्य बराबरको अवैध कुबिन्डे मिठाई बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कान्ति राज जोशीले जानकारी दिए । उनका अनुसार २७ पेटी अर्थात २ सय ४३ किलोग्राम कुबिन्डे बरामद गरिएको हो । उक्त

दार्चुलाको घरेलु र सिँचाई कार्यालयका प्रमुखको सरुवा

दार्चुला : घरेलु तथा साना उद्योग कार्यालय दार्चुला र जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय दार्चुलाका कार्यालय प्रमुखको सरुवा भएको छ । बुधवार सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रमुख सचिवस्तरीय निर्णयबाट उनीहरुको सरुवा भएको हो । घरेलु तथा साना उद्योग कार्यालय दार्चुलाका प्रमुख गंगा कुमारी मगरको डिभिजन वन कार्यालय दार्चुला सरुवा भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूरपश्चिम प्रदेश धनगढी कैलालीकी मगर घरेलु कार्यालय दार्चुलामा कामकाजमा रहेकी थिइन्

शिक्षकहरुको क्षमता अभिवृद्धिका लागि २ दिने तालिम शुभारम्भ

दार्चुला : विद्यालयमा विद्यार्थीको सिकाइ आपूरण तथा द्रुत सिकाइ क्रियाकलाप सञ्चालनका लागि शिक्षकहरुलाई क्षमता अभिवृद्धि तालिम शुभारम्भ गरिएको छ । महाकाली नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजना तथा सामुदायिक विकास केन्द्र डोटीको आर्थिक र प्राविधिक सहयोगमा शिक्षकहरुका लागि २ दिने क्षमता अभिवृद्धि तालिम सञ्चालन गरिएको हो । बुधवार एक कार्यक्रमका बीच महाकाली नगरपालिकाका उपप्रमुख दुर्गा कुमारी खत्री विष्टले तालिमको उद्घाटन गर्नुभयो । तालिममा आधारभूत तहमा सिकाइ आपूरण र द्रुत

एमालेद्वारा नौगाडमा शुभकामना आदानप्रदान र कार्यकर्ता भेटघाट

दार्चुला : नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले नौगाड गाउँपालिकामा शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट गरेको छ । बुधवार एमाले नौगाड गाउँ कमिटीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको थियो ।नौगाड गाउँ कमिटी अध्यक्ष ललित सिंह ठगुन्नाको अध्यक्षतामा भएको शुभकामना आदान प्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रममा नेकपा एमाले पोलिटब्युरो सदस्य एवं दार्चुला इन्चार्ज गणेश सिंह ठगुन्नाको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै कार्यक्रममा एमाले केन्द्रीय कमिटी सदस्य हरदेब जोशी, प्रदेश

योजनाको प्रभावकारी कार्यान्वयन लागि प्राविधिक टोलीसहित पूर्वमन्त्री बडू जिल्ला भ्रमणमा

दार्चुला : दार्चुलाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री दिलेन्द्र प्रसाद बडू यतिबेला आफ्नो पहलमा दार्चुलाको विभिन्न क्षेत्रमा समावेश गरिएका योजना, विनियोजित बजेटको तदारुकताका साथ कार्यान्वयनको लागि स्थलगत अध्ययन र स्थानीय सरोकारवाला संग छलफलको लागि प्राविधिक टोलीसहित जिल्ला भ्रमणमा छन् । बुधवार मात्रै पूर्वमन्त्री बडूले उकु–लाली–शेरा सडक खण्ड अन्तर्गतको बाँकुस्थित कुर्ज्यानी भीरको स्थलगत अवलोकन गरेका छन् । बजेट अभावका कारण तीव्र गतिमा काम हुन नसकिरहेको मालिकार्जुन गाउँपालिका–६ स्थित सडक खण्डको

हुनैनाथ मन्दिर : परियोजना निर्माण र कार्यान्वयनबारे स्थानीयसँग छलफल

दार्चुला : मालिकार्जुन गाउँपालिका–४ हुनैनाथको मन्दिरमा पूर्वाधार निर्माण र मन्दिरको पहिरो नियन्त्रण कार्यान्वयनको अवस्थाका बारेमा स्थानीयहरु सँग छलफल गरिएको छ । मंगलवार दार्चुलाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री दिलेन्द्र प्रसाद बडू, सुदूरपश्चिम प्रदेश सभा सदस्य विक्रम सिंह धामी, सहरी विकास मन्त्रालय अन्तर्गतको सघन विकास कार्यालय डोटी र वन मन्त्रालय अन्तर्गतको वृहत जलाधार कार्यालय पाटनको प्राविधिक टोलीले निरीक्षण गर्दै स्थानीय सँग छलफल गरेको हो । हुनैनाथ मन्दिर पर्यटन पूर्वाधार विकास

दार्चुलाको खुलामन्चमा कभर्ड हल निर्माण हुने, डीपीआर बन्दै

दार्चुला : दार्चुला जिल्ला सदरमुकाम खलंगास्थित खुलामन्चमा कभर्ड हल निर्माण हुने भएको छ । कभर्ड हल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइरहेको छ । डीपीआर तयारका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)को प्राविधिक टोली दार्चुला पुगेर आवश्यक कार्य गरिरहेको जिल्ला खेलकुद समिति दार्चुलाका अध्यक्ष मान सिंह बुढाथोकीले जानकारी दिए । आइतवार दार्चुलाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री दिलेन्द्र प्रसाद बडू र राखेपका प्राविधिक नविन थापाले कभर्ड हल निर्माण

असोज २६ गतेदेखि हराइरहेका धामी मृत फेला

दार्चुला : दार्चुलामा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको नौगाड गाउँपालिका–५ भिडका अन्दाजी ५० वर्षीय अकबिर सिंह धामी बिहीवार साँझ मृत अवस्थामा फेला परेका हुन् । असोज २६ गते घरबाट नौगाड गाउँपालिका–४ सिप्टी जान्छु भनी हिडेका धामी दोस्रो दिन पनि घर नआए खोजी गरिएको थियो । खोजी गर्दै जाँदा घरबाट करिब ५ सय मिटर टाढा मृत अवस्थामा बिहीवार फेला परेको आफन्तले बताएका छन् । उनी बाटो भन्दा १००