दार्चुलामा १ सय २८ जना क्षयरोगका बिरामी फेला
दार्चुला : दार्चुला जिल्लामा १ सय २८ जना क्षयरोगका बिरामी फेला परेका छन् । चालू आर्थिक वर्षमा जिल्लाका १ सय २८ जना क्षयरोगी फेला परेका हुन् । स्वास्थ्य कार्यालय दार्चुलाले शुक्रवार आयोजना गरेको पत्रकार तथा अन्य स्वास्थ्य संचारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा उक्त जानकारी दिइएको हो । स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख एवं बरिष्ठ जनस्वास्थ्य अधिकृत रमेश कुँवरका अनुसार दार्चुलाका ९ वटै स्थानीय तहमा क्षयरोगका बिरामी फेला परेका छन् । सबैभन्दा बढी जिल्लाको