दार्चुलाको मार्मा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत पदपूर्ति, ६ पालिका निमित्तकै भरमा
दार्चुला : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दार्चुलाको मार्मा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाएको छ । प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेको मार्मा गाउँपालिकामा मन्त्रालयले बुधवार शाखा अधिकृत धर्मेन्द्र जोशीलाई खटाएको हो । मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेका विभिन्न सय पालिकामा शाखा अधिकृतहरुलाई पदस्थापन गरेको छ । यस अघि मार्मा गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारी २०८० फागुनमा पालिकामा भएको आक्रमण र आगजनी घटनामा अनुसन्धान हुँदा कारवाहीमा परेका










