दार्चुलामा एमालेको जागरण सभा
दार्चुला : नेपाल कम्युनिष्ट पार्टी एमालेले आज दार्चुलामा र्यालीसहित जागरण सभा आयोजना गरेको छ । नेकपा एमाले जिल्ला कमिटि दार्चुलाको आयोजनामा जिल्ला सदरमुकाम खलंगामा जागरण सभा आयोजना गरिएको हो । प्रतिगामी षडयन्त्रविरुद्ध जनपरिचालन कार्यक्रम अन्तर्गत दार्चुलामा जागरण सभा आयोजना गरिएको एमाले दार्चुलाका अध्यक्ष ज्ञानेन्द्र घर्तीले जानकारी दिए । नेकपा एमालेले सदरमुकाम खलंगाको दुई ठाउँबाट ¥याली निकालेको थियो । ¥यालीपछिको कोणसभालाई सम्बोधन गर्दै नेकपा एमालेका पोलिट व्यूरो सदस्य एवं दार्चुला इन्चार्ज










