शिक्षा

एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थीलाई सम्मान

दार्चुला : दार्चुलाको दुहुँ गाउँपालिकाले एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थीलाई सम्मान गरेको छ । एसइई परीक्षा २०८० मा उत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थीलाई नगदसहित सम्मान गरिएको हो । दुहुँ गाउँपालिकामै उत्कृष्ट नतिजा ल्याउने विद्यालय पिपलचौरी मावि विणलाई आइतवार एक कार्यक्रमका बीच सम्मान गरिएको शिक्षा शाखा प्रमुख लोकेन्द्र बहादुर बमले जानकारी दिए । पिपलचौरी मावि विणले पालिकाका प्रथम स्थान ल्याएको थियो । एसइईमा यो विद्यालयले ३३ दशमलव

एसइई ग्रेडवृद्धि परीक्षा केन्द्र मार्मामा पनि थप, जिल्लाभरि ५ केन्द्र कायम

दार्चुला : एसइई ग्रेडवृद्धि परीक्षाका लागि दार्चुलाको मार्मा गाउँपालिकामा परीक्षा केन्द्र थप गरिएको छ । यसअघि जिल्लाभरी मार्माबाहेक ५ ओटा परीक्षा केन्द्र कायम गरिएकोमा बर्खाको समयमा विद्यार्थीको समस्यालाई ध्यानमा राख्दै मार्मा गाउँपालिकामा पनि परीक्षा केन्द्र कायम गरिएको हो । दार्चुलामा महाकाली नगरपालिकाको महेन्द्र नमुना मावि खलंगा, मालिकार्जुन नमुना मावि धाप, शैल्यशिखर नगरपालिकाको गोकुलेश्वर मावि गोकुले, लेकम गाउँपालिकाको लटिनाथ मावि चन्दनपुर चौपाता र मार्मा गाउँपालिको लटिनाथ मावि रस्कोट गरी ५ ओटा

एसइई नतिजा विश्लेषण, यस्तो छ दार्चुलाको समग्र नतिजा

दार्चुला : दार्चुलामा माध्यमिक शिक्षा परीक्षा एसइई २०८० नतिजाको विश्लेषण गरिएको छ । प्रधानाध्यापक संघ नेपाल (प्यान) दार्चुलाको आयोजनामा शनिवार जिल्लाका माध्यमिक विद्यालयका प्रअ, शिक्षा विकास तथा समन्वय इकाईका प्रतिनिधि, जिल्ला समन्वय समिति, प्रमुख, स्थानीय जनप्रतिनिधि लगायत सरोकारवालाहरुको उपस्थितिमा एसइई नतिजाको विश्लेषण गरिएको हो । दार्चुलामा यस वर्षको एसइई परीक्षामा १९ दशमलव ९६ प्रतिशत विद्यार्थी उतीर्ण भएको शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाले जनाएको छ ।जिल्लामा १३ जना विद्यार्थीले ए

एसइईमा दार्चुलाका ७ विद्यालय ‘निल’

दार्चुला : माध्यमिक शिक्षा परीक्षा २०८० मा दार्चुलाका सात वटा सामुदायिक विद्यालयको नतिजा शून्य आएको छ । शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाका अनुसार दार्चुलाका ५ स्थानीय तहका ७ वटा विद्यालयको नतिजा शून्य आएको हो ।यस वर्षको एसइई परीक्षामा जिल्लाको महाकाली नगरपालिकाको अल्कापुरी मावि कोटकौतोली, शैल्यशिखर नगरपालिकाका भूमिराज मावि तौकी र बद्रीनाथ मावि बोहरीगाउँ, लेकम गाउँपालिकाका हुनैनाथ मावि कुणी र केदारनाथ मावि धरमघर, मालिकार्जुन गाउँपालिकाको निलपातालेश्वर मावि भर्तोला र मार्मा

एसइई पूरक परीक्षा साउन २३ गतेबाट, तालिका सार्वजनिक

भक्तपुर : परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसइई पूरक परीक्षाको तालिका सार्वजनिक गरेको छ । सोमबार बसेको राष्ट्रिय परीक्षा बोर्डको निर्णय अनुसार साउन २३ गते देखि सुरु गर्ने गरी आज तालिका सार्वजनिक गरेको हो । २०८० साल चैत्र १५ गते देखि सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा नियमित परीक्षार्थीको रूपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीहरूले पूरक परीक्षामा भाग लिन पाउने जनाएको छ

एसइईमा दार्चुलाबाट १९ दशमलव ९६ प्रतिशत विद्यार्थी उत्तीर्ण

दार्चुला : माध्यमिक शिक्षा परीक्षा (एसईई) मा दार्चुलाबाट यसवर्ष १९ दशमलव ९६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गत चैतमा भएको यस वर्षको परीक्षामा दार्चुलाबाट दुई हजार ५ सय ९५ जना परीक्षार्थी सहभागी भएकोमा १९ दशमलव ९६ प्रतिशत उतीर्ण भएको शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाले जनाएको छ । एसईई परीक्षाका लागि २ हजार ७ सय ५० जनाले फाराम भरेकोमा २ हजार ५ सय ९५ विद्यार्थी मात्रै परीक्षामा सहभागी भएका

हावाहुरीले उडायो विद्यालयको छाना, शैक्षिक सामाग्री पनि नष्ट

दार्चुला : हावाहुरीले दार्चुलाको शैल्यशिखर नगरपालिका–४ तल्लोकाँडापारीस्थित भुमिराज आविको छाना उडाएको छ । सोमवार साँझ चलेको हावाहुरीले विद्यालयको चार कोठे भवनको जस्तापाताले छाएको छाना उडाएको हो ।हावाहुरीले विद्यालयको छाना पूर्णरुपमा उडाएर जमिनमा थुपारेको विद्यालयका प्रधानाध्यापक शंकर दत्त भट्टले जानकारी दिए । यस्तै करिब ५० हजार बराबरका शैक्षिक सामाग्री पनि क्षति भएको उनले बताए । विद्यालयको छाना उडाएपछि विद्यार्थीहरुको पढाई प्रभावित भएको छ । हावाहुले सो क्षेत्रको मकै बारीमा पनि क्षती

व्याँसमा बालीविज्ञान प्रशिक्षक र सहायक प्रशिक्षकको परीक्षा मन्दिरमा संचालन

दार्चुला : दार्चुलाको व्याँस गाउँपालिकामा बालीविज्ञान प्रशिक्षक र सहायक प्रशिक्षकको परीक्षा मन्दिरमा संचालन गरिएको छ । सम्पाल मावि सुन्सेराको माध्यमिक तह (कक्षा ९–१२) प्राविधिक धारतर्फ बाली विज्ञान विषयको परीक्षा व्याँस गाउँपालिका–४ स्थितको गोरखनाथ देवताको मन्दिरमा संचालन गरिएको हो । जेठ १९ र २० गते संचालन गरिएको परीक्षाको अन्तिम नतिजा सार्वजनिक भएको छ । बालीविज्ञान प्रशिक्षकमा डोटीको बडिकेदार गाउँपालिका–५ का लोकेश कठायत सिफारिस भएका छन् । भने सहायक प्रशिक्षकमा दशरथचन्द नगरपालिका–६

दार्चुला : शिक्षक–विद्यार्थी लेकतिर, विद्यालय बन्द

दार्चुला । यार्सा संकलन गर्न शिक्षक–विद्यार्थी लेकतिर गएपछि अपीहिमाल गाउँपालिकाका विद्यालय बन्द गरिएका छन्। गाउँपालिकाभरिका शिक्षक, अभिभावक र विद्यार्थी यार्सागुम्बा संकलनका लागि लेक उक्लिएपछि कक्षा सञ्चालन गर्ने अवस्था नहुँदा विद्यालय बन्द भएका हुन्। यार्सा संकलनको सिजन सुरु भएकाले जेठको सुरुआतदेखि तेस्रो सातासम्म पालिकाभरिका विद्यालय बन्द गरिन लागेको अपीहिमाल गाउँपालिकाका शिक्षा शाखा अधिकृत वीरेन्द्रसिह साउँदले बताए। अभिभावक, शिक्षक र विद्यार्थी सबैजसो विद्यालय छोडेर जडीबुटी संकलनका लागि लेकतिर जाने भएकाले कम्तीमा दुई

शिक्षामा २ खर्ब ३ अर्ब ६६ करोड रुपैयाँ विनियोजन

काठमाडौँ : सरकारले आगामी आर्थिक वर्षका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयतर्फ २ खर्ब ३ अर्ब ६६ करोड बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षमा शिक्षा क्षेत्रमा १ खर्ब ९७ अर्ब २९ करोड विनियोजन गरिएको थियो । आगामी आर्थिक वर्षका लागि छुट्टाइएको बजेट चालु आर्थिक वर्षको भन्दा ६ अर्बले बढी हो । तर कुल बजेटको प्रतिशतको हिसाबले शिक्षा क्षेत्रमा चालु वर्षमा भन्दा न्यून बजेट विनियोजन गरिएको छ । २०८०।०८१