गोकुलेश्वर बहुमुखीको स्ववियु अध्यक्षमा अनेरास्ववियुका डाँगा विजयी
दार्चुला : सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतको गोकुलेश्वर बहुमुखी क्याम्पस स्ववियु अध्यक्षमा अनेरास्ववियुका सुनिल डाँगा विजयी भएका छन् । डाँगा नेविसंघका उम्मेदवार भन्दा ३ मत बढी ल्याएर विजयी भएका हुन् । अनेरास्ववियुका डाँगाले १ सय ५ मत ल्याएर विजयी हुँदा नेविसंघका नरेश बिष्टले १ सय २ मत ल्याए । यस्तै सचिवमा अखिल क्रान्तिकारीका नवराज भट्टले १ सय २५ मत ल्याएर बिजयी भए । स्ववियु निर्वाचनमा नेविसंघ र अखिल क्रान्तिकारीको गठबन्धन बनेको थियो










