दार्चुला : सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतको गोकुलेश्वर बहुमुखी क्याम्पस स्ववियु अध्यक्षमा अनेरास्ववियुका सुनिल डाँगा विजयी भएका छन् । डाँगा नेविसंघका उम्मेदवार भन्दा ३ मत बढी ल्याएर विजयी भएका हुन् । अनेरास्ववियुका डाँगाले १ सय ५ मत ल्याएर विजयी हुँदा नेविसंघका नरेश बिष्टले १ सय २ मत ल्याए ।
यस्तै सचिवमा अखिल क्रान्तिकारीका नवराज भट्टले १ सय २५ मत ल्याएर बिजयी भए । स्ववियु निर्वाचनमा नेविसंघ र अखिल क्रान्तिकारीको गठबन्धन बनेको थियो । कोषाध्यक्षमा पनि गठबन्धनकै उम्मेद्धार अम्मरा धामी निर्वाचित हुनुभएको छ । कोषाध्यक्षका उम्मेदवार गठबन्धनका अम्मरा धामी र अनेरास्ववियुका रेजिना विष्टले समान १०८ मत प्राप्त गर्दा गोलाप्रथाबाट गठबन्धनका उम्मेदवार धामी निर्वाचित भएकी हुन् ।
छ जना खुल्ला सदस्यहरुमा पाँच जना अनेरास्ववियु र एक जना गठबन्धनका उम्मेद्धार विजयी भए । जसमा अनेरास्ववियुका बिर बहादुर धामी, मन्जु धामी, अनुसा लुहार, भागरथी बोहरा र दिपक राज भट्ट रहेका छन् भने गठबन्धनकोतर्फबाट गगन सिंह डाँगा निर्वाचित भए ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?