मुलुकलाई आत्मनिर्भर बनाउँदै समृद्धिको ढोकासम्म पुर्‍याउन जरुरी छ : प्रधानमन्त्री ओली

मुलुकलाई आत्मनिर्भर बनाउँदै समृद्धिको ढोकासम्म पुर्‍याउन जरुरी छ : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आत्मनिर्भर अर्थतन्त्रदेखि समृद्धिसम्मको चर्चा गर्नुभएको छ । बिहीबार नेपाल उद्योग वाणिज्य महासंघको ५९ औं वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवसको अवसरमा प्रधानमन्त्री ओलीले मुलुकलाई आत्मनिर्भर बनाउँदै समृद्धिको ढोकासम्म पु¥याउन जरुरी रहेको बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले निजी क्षेत्रको लगानीलाई सरकारले सुरक्षण गर्ने बताए । उद्योग, व्यवसायमा निजी क्षेत्रले गरेको लगानी राष्ट्रको सम्पतीमा गणना हुने भएकाले सरकारले निजी क्षेत्रको लगानीलाई सुरक्षण गर्ने बताउनुभयो । कृषि जीविकामुखी भनिएपनि अहिले अहिलेको कृषि प्रणालीबाट जीविका पनि नचलेको बताउँदै परम्परागत शैलीहरुमा फेरबदल आउनुपर्ने ओलीले बताए ।

कानूनहरु मन्त्री र सचिवहरुलाई नभइ किसानलाई चाहिएको प्रधानमन्त्रीले बताए । उनका अनुसार उत्पादन बढाउने कानून आवश्यक छ । कृषि जीविकामुखी भनिएपनि अहिले अहिलेको कृषि प्रणालीबाट जीविका पनि नचलेको बताए। पहिले एउटा परिवार उत्पादनको युनिट हुने गरेको बताउँदै ओलीले त्यो परिस्थीति नै समाप्त भएको बताए । प्रधानमन्त्री ओलीकाअनुसार अब डिपार्टमेन्ट बढी चल्न थालेका छन् । सटरहरु चल्न छाडेका छन् ।

अब समूह र ठूला प्रयासहरुबाट मात्रै कृषिमा अघि बढ्न सकिने अवस्था आएको उनको भनाई छ । सहकारीमा जोडिएर ठूलो खेती, ठूलो उत्पादनमा जानैपर्ने र त्यसरी उत्पादन बढाएर मुलुकको परनिर्भर अर्थतन्त्रलाई आत्मनिर्भरतर्फ लैजान सकिने उनले बताए ।

अहिलेका ढाँचा, शैलीहरु फेरिन जरुरी रहेको प्रधानमन्त्री ओलीले बताए। उनकाअनुसार कानूनका ढाँचादेखि व्यवहारसम्मै परिवर्तन गर्न जरुरी छ । सरकारी प्रयासहरु समेत परिवर्तन गरेर जानुपर्छ । नेपाल उद्योग वाणिज्य महासंघले नेपाल विकास कम्पनी लिमिटेड शुरुआत गरेकोमा प्रधानमन्त्रीले प्रशंसा समेत गर्नुभयो ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *