राप्रपाले बुझायो तीनकुने घटनाबारे ६ बुद्धे ज्ञापनपत्र

राप्रपाले बुझायो तीनकुने घटनाबारे ६ बुद्धे ज्ञापनपत्र


दार्चुला : चैत १५ गते काठमाडौँको तीनकुने क्षेत्रमा भएको घटनाबारे राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ६ बुद्धामा ध्यानाकर्षणसहित ज्ञापन बुझाएको छ । मंगलवार राप्रपा दार्चुलाका अध्यक्ष प्रकाश दयालीको नेतृत्वमा गएका शीर्ष नेताहरुले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ६ बुद्धे ज्ञापनपत्र बुझाएका हुन् ।

चैत्र १५ गते भएको तीनकुने तथा कोटेश्वर क्षेत्रको प्रर्दशनलाई राज्यपक्षबाट हिसात्मक गतिविधि भएको भन्दै राप्रपाले दुःख् व्यक्त गरेको ज्ञापनमा भनिएको छ । प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई बुझाइएको ज्ञापनपत्रमा पूर्व न्यायधिसको अध्यक्षतामा मानव अधिकार आयोग नागरिक समाज सम्मिलित स्वतन्त्र छानविन आयोगको गठनको माग गरिएको छ ।

यस्तै उक्त घटना छानविनका लागि गृहमन्त्रीको राजिनामाका साथै घटनाको दमनमा नेतृत्व गर्ने प्रहरी र प्रशासनिक नेतृत्वको निलम्बनको माग गरेको छ । अर्को बुद्धामा मृतक सविन महर्जन र सुरेश सजकलाई सहिद घोषणा तथा क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने उल्लेख छ । यस्तै राप्रपाका नेतामाथि लगाइएका झुटा मुद्धा खारेजी र निर्दोषहरुको रिहाई, घाइतेहरुको निशुल्क र प्रभावकारी उपचारको व्यवस्था र पार्टीले यसअघि पेश गरेको ४० बुद्धे मागउपर नवीन समझदारीका लागि वार्ता टोली गठनको माग गरिएको छ ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *