दार्चुला : जिल्ला खेलकुद समिति दार्चुलाका नवनियुक्त पदाधिकारीले पदभार ग्रहण गरेका छन् । खेलकुद समिति अध्यक्ष सुरेन्द्र बहादुर बमसहित नौ सदस्यीय नयाँ कार्यसमितिले पदभार ग्रहण गरेको हो । सुदूरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य श्याम सिंह सिनालको उपस्थितिमा आयोजित एक कार्यक्रममा नवनियुक्त पदाधिकारीले पदभार ग्रहण गरेका हुन् । नवनियुक्त समितिको उपाध्यक्षमा अमित ऐरी, कोषाध्यक्षमा पूर्ण बहादुर साउँद तथा सदस्यहरूमा सन्तोष कुँवर, रुप सिंह खाती, अम्बरा कुमारी ठगुन्ना, उर्ती बुढाथोकी, जनक सिंह बडाल र जगत राम लुहार रहेका छन् ।
पदभार ग्रहण गर्दै अध्यक्ष सुरेन्द्र बहादुर बमले दार्चुलाको खेलकुद क्षेत्रलाई थप व्यवस्थित र गतिशील बनाउन आफूले काम गर्ने बताए । जिल्लामा रहेका खेलाडीको पहिचान गरी उनीहरूको क्षमता विकास, प्रशिक्षण तथा प्रतियोगिताका अवसर सिर्जना गर्न पहल गर्ने उनको भनाई थियो । कार्यक्रममा निवर्तमान अध्यक्ष मान सिंह बुढाथोकीको बिदाइ गरिएको छ ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?

