दार्चुला : दार्चुलाका रजत बुढाथोकीले तेस्रो संस्करणको नबिल बैंक नेपालगन्ज अन्तर्राष्ट्रिय उमेर समूह पौडी प्रतियोगिता–२०२६ मा उत्कृष्ट प्रदर्शन गर्दै रजत पदक जितेका छन्। बाँकेको नेपालगन्जमा अक्टोबर ३१ देखि नोभेम्बर १ तारिखसम्म सञ्चालन भएको प्रतियोगितामा लिटिल एन्जल्स स्कुलबाट बुढाथोकीले ५० मिटर बेस्टस्ट्रोक ब्वाइज विधामा दोस्रो स्थान हासिल गरेका हुन्उ ।
उनले उक्त स्पर्धा ४१.११ सेकेन्डमा पूरा गर्दै दोस्रो स्थानसहित रजत पदक हात पार्न सफल भएका हुन् ।
नेपालगन्ज स्विमिङ क्लबको आयोजनामा तथा नबिल बैंकको प्रस्तुतिमा सम्पन्न प्रतियोगितामा विभिन्न उमेर समूहका पौडी खेलाडीहरूको सहभागिता रहेको थियो ।
दार्चुलाको ब्यास गाउँपालिका-२ दुम्लिङ घर भएका बुढाथोकीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पदक जित्नु जिल्लाका लागि गौरवको विषय बनेको छ। उनको सफलताले दार्चुलामा पौडी खेलको सम्भावना र खेलाडीहरूको प्रतिभालाई समेत उजागर गरेको छ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?

