महिला कृषकहरुलाई प्राङगारिक खेती प्रणाली र माटो परिक्षण सम्बन्धी तालिम

महिला कृषकहरुलाई प्राङगारिक खेती प्रणाली र माटो परिक्षण सम्बन्धी तालिम


दार्चुला : दार्चुलाका कृषक महिलाहरूलाई प्राङगारिक खेती प्रणाली र माटो परिक्षण सम्बन्धी तालिम दिइएको छ । राष्ट्रिय महिला किसान महासंघ दार्चुला शाखा र सगरमाथा महिला आर्थिक सशक्तीकरण केन्द्र महाकाली नगरपालिका-८ काँकडाको संयुक्त आयोजनामा प्राङगारिक खेती प्रणाली र माटो परिक्षण सम्बन्धी तालिम संचालन गरिएको हो ।
सगरमाथा महिला आर्थिक सशक्तीकरण केन्द्रका महिला कृषकहरु आर्थिक उपार्जन, कृषि खेती र जीविकोपार्जनका क्षेत्रमा सक्रिय भएर काम गरिरहेका छन् ।

शनिवार राष्ट्रिय महिला किसान महासंघ केन्द्रीय अध्यक्ष डाक्टर गङ्गालक्ष्मी अवाल, कार्यक्रम संयोजक उर्मिला अवालको उपस्थितमा तालिम संचालन गरिएको राष्ट्रिय महिला किसान महासंघ दार्चुला शाखा संयोजक तारा देवलले जानकारी दिए ।

कृषि उत्पादन र उत्पादकत्व वृद्धि गरेर खाद्य सुरक्षाको वृद्धि र प्राङ्गारिक कृषि प्रणाली अपनाएर जलवायु परिवर्तनको असरलाईसमेत टेवा पुग्ने गरि स्वच्छ उत्पादन, स्वच्छ वातावरण, स्वच्छ जनता र देश बनाउने तालिमको उदेश्य रहेको उनले बताए ।

सगरमाथा महिला आर्थिक सशक्तीकरण केन्द्रका ४० जना कृषक महिलाहरुलाई तालिम दिइएको हो । तालिममा कृषक महिलाहरुलाई उनीहरुकै खेतबारीमा माटो परिक्षण, प्राङ्गारिक कृषि खेतिबारे जानकारी गराइएको थियो ।तालिमको प्रशिक्षण तथा सहजीकरण कृषि ज्ञान केन्द्र दार्चुलाका कृषि अधिकृत शिशिर आचार्य, राष्ट्रिय महिला किसान महासंघकी कार्यक्रम संयोजक उर्मिला अवाल, कृषि प्राविधिक पार्वती कार्कीले गरेका थिए ।

उक्त कार्यक्रममा राष्ट्रिय महिला किसान महासंघ केन्द्रीय अध्यक्ष डाक्टर गङ्गालक्ष्मी अवाल, नेपाली काँग्रेस जिल्ला कार्य समिति सचिव पुलेन्द्र बहादुर कार्की, राष्ट्रिय महिला किसान महासंघका कार्यक्रम संयोजक उर्मिला अवाल, राष्ट्रिय महिला किसान महासंघ दार्चुला शाखा संयोजक तारा देवल, कृषि अधिकृत तथा प्राविधिक, महिला कृषक लगायत सरोकारवालाहरुको उपस्थित रहेको थियो ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *