हावाहुरीले गरडा मावि भवनको छानो उडायो, जस्तापास्ता यत्रतत्र

हावाहुरीले गरडा मावि भवनको छानो उडायो, जस्तापास्ता यत्रतत्र


दार्चुला : दार्चुलाको मालिकार्जुन गाउँपालिका–६ मा रहेको गरडा माध्यमिक विद्यालय बाँकुको भवनको छानो हावाहुरीले उडाएको छ । सोमवार दिउँसो तीन, चार बजेतिर परेको पानीसहितको हावाहुरीले विद्यालयको छाना उडाएको हो ।

हावाहुरीले विद्यालय भवनको जस्तापाताले छाएको छाना उडाएको विद्यालयका प्रधानाध्यापक सुरेन्द्र गिरीले जानकारी दिनुभयो । तीन कोठे जस्तापाताले छाएको भवनको छाना पूर्ण रुपमा क्षति भएको उहाँले बताउनुभयो । हावाहुरीले छाना उडाएर टाढा टाढासम्म पुगाएको छ ।

विगतमा वर्षा हुँदा चुहिने समस्या रहेको यस विद्यालयमा हावाहुरीले छाना नै उडाउँदा थप समस्या बल्झिएको प्रधानाध्यापक गिरीले बताउनुभयो ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *