नेपाली सेनाका एक जना विस्फोटक पदार्थसहित पक्राउ

नेपाली सेनाका एक जना विस्फोटक पदार्थसहित पक्राउ

दार्चुला : विस्फोटक पदार्थसहित भारतको धारचुलास्थित पुलघाटबाट नेपाली सेनाका एक जना पक्राउ परेका छन् । दार्चुलास्थित नेपाली सेनाको विकास निर्माण दल–२ गणमा कार्यरत यम बहादुर खत्री विस्फोटक पदार्थसहित पक्राउ परेका हुन् । उनले विस्फोटक पदार्थ नेपाल भित्र्याइरहेको अवस्थामा भारतीय सीमा सुरक्षा बल एसएसबीको टोलीले पक्राउ गरेको हो ।

आइतवार दिउँसो भारतको धारचुलाबाट नेपालतर्फ आउँदै गरेका खत्रीलाई चेकजाँच गर्ने क्रममा एक किलोग्राम विस्फोटक पदार्थ फेला पर्दा नियन्त्रणमा लिइएको भारतीय प्रहरीले जनाएको छ । खत्रीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *