मालिकार्जुनमा पशु स्वास्थ्य शिविर : डेढ हजार बाख्राको औषधोपचार

मालिकार्जुनमा पशु स्वास्थ्य शिविर : डेढ हजार बाख्राको औषधोपचार

दार्चुला : मालिकार्जुन गाउँपालिकाका तीन वडामा सञ्चालन गरिएको पशु स्वास्थ्य शिविरमार्फत डेढ हजार बढी बाख्राहरुको औषधि उपचार गरिएको छ । गैरसरकारी संस्था गुड नेवर्स ईन्टरनेशनल नेपालको आर्थिक सहयोग, सामुदायिक ग्रामिण विकास समाज नेपालको सहजीकरण र मालिकार्जुन गाउँपालिकाको समन्वयमा जेठ २८ गतेदेखि सञ्चालन गरिएको शिविरमार्फत वडा नम्बर ६, वडा नम्बर ३ र वडा नम्बर २ मा गरी १ हजार पाँच सय ५ बाख्राहरुको औषधि उपचार गरिएको हो । पशु स्वास्थ्य शिविरमार्फत बाख्राहरुमा देखिएको रोग र बाह्य परजीवीको उपचार गरिएको थियो ।

बुधवार वडा नम्बर ६ मा सञ्चालन गरिएको शिविरमार्फत एक सय घरपरिवारका ४ सय ७० बाख्राहरु र बिहीवार वडा नम्बर ३ मा २ सय १० किसानका ५ सय बाख्राहरुलाई सेवा दिइएको सामुदायिक ग्रामिण विकास समाज नेपालद्धारा सञ्चालित एकिकृत सामुदायिक विकास परियोजनाका सहकारी व्यवसाय विकास अधिकृत मनोरथ जोशीले जानकारी दिए ।

यस्तै शनिवार मालिकार्जुन गाउँपालिका–२ ठिङमा पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । शिविरमार्फत एक सय जना किसानहरुका ५ सय ६५ बाख्राहरुको औषधोपचार गरिएको जोशीले बताए ।

बाख्रामा लाग्ने रोगको नियन्त्रण तथा न्युनिकरणका लागि शिविर आयोजना गरी बाख्रालाई बाह्य परजीवी नियन्त्रणको खोप लगाइएको छ भने बाख्राका लागि जुकाको औषधि, भिटामिन र क्याल्सियम वितरण गरिएको छ ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *