निमित्तको भरमा चलेका दुहुँ र लेकममा प्रमुख प्रशासकीय अधिकृत आउँदै

निमित्तको भरमा चलेका दुहुँ र लेकममा प्रमुख प्रशासकीय अधिकृत आउँदै

दार्चुला : सरकारले दार्चुलाको दुहुँ गाउँपालिका र लेकम गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाएको छ । बुधवार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निमित्तका भरमा चलिरहेका जिल्लाका दुई स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतलाई खटाएको हो । दार्चुलासहित अन्य जिल्लाका स्थानीय तहमा ६९ जना र ४५ जनालाई गृह मन्त्रालयमा खटाइएको छ ।

दुहुँ गाउँपालिकामा शाखा अधिकृत दिनेश जोशीलाई पठाइएको छ भने लेकम गाउँपालिकामा दीपक राज जोशीलाई पठाइएको छ । हालसम्म दुहुँ गाउँपालिकामा वीर सिंह धामी र लेकम गाउँपालिकामा अम्भा दत्त जोशी निमित्तको जिम्मेवारीमा रहेर काम गरिरहेका थिए ।

यस्तै दार्चुलाको व्याँस गाउँपालिका, अपिहिमाल गाउँपालिका, महाकाली नगरपालिका र शैल्यशिखर नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमै सञ्चालनमा छन् । स्थानीय सरकार सञ्चालन ऐनले गाउँपालिकामा शाखा अधिकृत र नगरपालिकामा उपसचिवलाई सङ्घीय सरकारले प्रमुख प्रशासकीय अधिकृत बनाई पठाउनुपर्ने व्यवस्था गरेको छ ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *