दार्चुला : जिल्लाको नौगाड गाउँपालिकामा जीप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । नौगाड गाउँपालिका–४ होपरीमा बिहान साढे ८ बजेको समयमा ग ३ च ३३५१ नम्बरको जीप दुर्घटना भएको हो ।
होपरीबाट होपरीगाड जाँदै गरेको जीप नकधार भन्ने ठाउँ नजिकै दुर्घटनामा परेको स्थानीय केशर सिंह कार्कीले जानकारी दिए । जीप दुर्घटना हुदा जीपमा सवार १० जना घाइते भएका छन् भने ४ जना गम्भीर घाइते छन् ।
घाइते हुनेमा मार्मा गाउँपालिका-५ का अप्सरा महता, नौगाड गाउँपालिका-४ की रम्भा महता, उमेश ठगुन्ना, मोहन ठगुन्ना, पार्वती टमटा, गमुवा महता, कान्छी महता, श्याम महता, राम महता र अपिहिमाल गाउँपालिका-४ बस्ने लक्ष्मी कार्की रहेका छन् ।
घाइतेहरुलाई गोकुलेश्वर अस्पताल लगिएको छ । जीप सडकबाट करिब ७०/८० मिटर तल खसेको थियो ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?