महेन्द्र माविका प्रशिक्षक र कर्मचारी गरी १५ जना हटाइए

महेन्द्र माविका प्रशिक्षक र कर्मचारी गरी १५ जना हटाइए

दार्चुला : जिल्लाकै उलेख्य विद्यार्थी संख्या भएको महाकाली नगरपालिका–४ स्थित महेन्द्र मावि खलंगामा कार्यरत प्रशिक्षक र विद्यालय कर्मचारी गरी १५ जना हटाइएका छन् । विद्यालयको आन्तरिक स्रोतबाट तलब सुविधा प्राप्त गर्ने प्रशिक्षक र कर्मचारी गरी १५ जनालाई हटाइएको हो ।

भदौ ३० गते बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले १५ जना कर्मचारीलाई भदौ मसान्तपछि हाजिरमा रोक लगाउने निर्णय गरेको महेन्द्र माविले जनाएको छ ।

हटाइनेमा प्रशिक्षक ईन्जिनियर सुरेश बोहरा, ईन्जिनियर बिरेन्द्र सिंह बडाल, नायव सुब्बा कृष्ण राज जोशी, नायव सुब्बा देव सिंह ठगुन्ना, कम्प्युटर सहायक यादव राज खत्री, खरिदार भुवना सामन्त ऐरी, तनुजा पुजारा र कविता भट्ट रहेका छन् ।

यस्तै कार्यालय सहयोगी रमेश जोशी, संगीता ऐरी, पाले जनक सिंह ऐरी, हरक राम ओड, आया–गोमती अवस्थी, सरसफाईकर्मी भागरथी लोहार र नारा लोहार छन् ।

अहिले विद्यालय पूर्णरुपमा निःशुल्क तवरले सञ्चालनमा रहेकाले आन्तरिक स्रोतबाट तलव सुविधा खाइरहेका शिक्षक तथा कर्मचारीहरुलाई विद्यालयको आर्थिक भार कम गर्न हटाइएको विव्यसले बताएको छ ।

यस्तै विव्यसको उक्त बैठकले विद्यालयमा कार्यरत ४ शिक्षकहरु र ३ जना दिवा खाजामा काम गर्ने कर्मचारीहरुको म्याद चैत मसान्तसम्म थप गर्ने निर्णय समेत गरेको छ ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *