भारतले महाकाली नदीमा निर्माण गरिरहेको तटबन्ध र सडकको निर्माण कार्य रोक्न माग

भारतले महाकाली नदीमा निर्माण गरिरहेको तटबन्ध र सडकको निर्माण कार्य रोक्न माग

दार्चुला : महाकाली नदीको बहावलाई असर पार्ने गरि भारतले निर्माण गरिरहेको तटबन्ध र सडक निर्माणको कार्य रोक्न माग गरिएको छ । मङ्गलवार दार्चुलाका क्रियाशिल राजनीतिक दल तथा नागरिक समाजकोतर्फबाट जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापन
बुझाइएको हो ।

ज्ञापन पत्रमा भनिएको छ- `महाकाली नदीको आसपासको नेपाल-भारत सीमाक्षेत्रमा भारतीय पक्षले महाकाली नदीको प्राकृतिक बहावलाई नेपालतिर फर्कने गरी ब्याँस गाउँपालिकाको घाटी बगर, तम्बाकु क्षेत्रमा सडक निर्माण गर्दा चट्टान विष्फोटन गरी महाकाली नदीमा फाल्दा नदीको बहाव नेपालतिर फर्काएर नेपालको ब्याँस जोड्‌ने बाटो भत्कने गरेको र श्रीबगड क्षेत्र तथा जिल्ला सदरमुकामको बा‌ङ्गाबगरदेखि नमस्कारसम्म तटबन्ध निर्माण गर्दै गइरहेकोले उक्त संरचना निर्माणबाट नदीको बहाव नेपालतिर फर्कने भई नेपालको नदीको तटबन्ध जोखिम भई नेपाली भूमि तथा बस्ति क्षेत्रमा क्षति हुने भएकाले उक्त तटबन्ध निर्माण कार्य दुबै देशको प्राकृतिक सिमाङ्‌कन स्पष्ट भई सहमति नभएसम्मका लागि रोक्न आवश्यक कुटनीतिक पहल गरी दिन हुन हामी दार्चुलाका क्रियाशिल राजनीतिक दल तथा नागरिक समाजको तर्फबाट यो ज्ञापन पेश गर्दछौं ।´

नेपाली काँग्रेस जिल्ला सभापति ललित सिंह बोहरा,
नेकपा माओवादी केन्द्रका खडक सिंह धामी, रास्वपाका सभापति राजेश सिंह सामन्त, राप्रपा अध्यक्ष प्रकाश दयाली र नागरिक समाजका संयोजक महेश राज भट्ट लगायतले ज्ञापन बुझाएका हुन् ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *