दार्चुला : वरल्डलिन्क सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत दार्चुलाको मालिकार्जुन मावि धापमा विधार्थीमुखी कार्यक्रम सम्पन्न गरिएको छ । वरल्डलिंक कम्युनिकेशन (WORLDLINK) को सहयोगमा इन्जिनियर्स विदाउट बोर्डर्स नेपाल (EWBN) र STEM Karyashala Pvt. Ltd. को आयोजनामा महाकाली नगरपालिका-७ धापस्थित मालिकार्जुन माविमा इन्नोभेसन ‘आई–जात्रा’ सम्पन्न गरिएको हो ।
यस कार्यक्रममा विधार्थीहरूले सिर्जनात्मक परियोजना र सिकाइहरू प्रस्तुत गरेका थिए। वर्ल्डलिङ्क CSR ले Engineers Without Borders (EWBN) सँग सहकार्य गरी बिगत २ वर्षदेखि नेपालको विभिन्न प्रदेशको विद्यालयमा यो कार्यक्रम संचालन गर्दै आइरहेको छ।
यस कार्यक्रममा वर्ल्डलिङ्क CSR का तर्फबाट सामाजिक उत्तरदायित्व विभागकी निर्देशक अनुपा भण्डारी जालान, महाकाली नगरपालिकाका नगर प्रमुख नर सिंह चैसिर, विद्यालयका प्रधानाध्यापक सुन्द्र सिंह बुढाथोकी, विभिन्न विशिष्ट व्यक्तित्व, पत्रकार, अभिभावक र विधार्थीहरूको उपस्थिति रहेको थियो। सामाजिक उत्तरदायित्व विभागकी निर्देशक अनुपा भण्डारी जालानले उक्त विद्यालयमा स्थलगत अवलोकन गर्दै विधार्थीहरूको सिकाइ प्रगति र अन्तरमुखी कार्यक्रमको प्रभावकारिताबारे जानकारी लिनु भएको थियो।
कार्यक्रममा वर्ल्डलिङ्कका तर्फबाट बोल्दै अनुपा भण्डारी जालानले विगत ३० वर्षदेखि वर्ल्डलिङ्कले देशभर इन्टरनेट सेवा प्रदान गर्दै आएको र देशका चुनौतीपूर्ण अवस्थाहरू चाहे भूकम्प होस् वा कोभिड महामारीमा पनि सेवामा निरन्तरता दिएको बताइन्। साथै सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरू देशका विभिन्न भागमा सञ्चालन गर्दै आएको उल्लेख गर्दै भनिन्, “हामीले जहाँ कार्यक्रम गर्छौं, त्यहाँको स्थानीय आवश्यकता र परिस्थितिलाई बुझेर मात्र कार्यक्रम सञ्चालन गर्छौं।”
समस्या विश्लेषण (Problem Analysis) र समालोचनात्मक सोच (Critical Thinking) सिकाउने मुख्य उद्देश्यले सञ्चालित यस कार्यक्रममा विद्यार्थीहरूलाई आफ्नै गाउँ र समाजमा रहेको समस्या पहिचान र समाधान खोज्ने सोच विकास गर्न प्रोत्साहित गरिएको बताइएको थियो।
Engineers Without Borders (EWB-Nepal) सँग सहकार्यमा गरिएको यस कार्यक्रमलाई उनले हाल नेपाली समाजमा जरा गाडेर बसेको युवाहरूको वैदेशिक रोजगारीप्रतिको निर्भरता जस्तो समस्यालाई यस्ता कार्यक्रमले केही हदसम्म कम गर्ने प्रयासका रूपमा व्याख्या गरेकी थिइन्।
“हामीले सानो प्रयास गरेका छौँ। यदि यस्ता कार्यक्रमहरूमा अन्य स्थानीय निकाय र संस्थाहरूले पनि साथ दिए भने, हामीले देशका केही प्रमुख सामाजिक समस्याहरू रोक्न ठूलो योगदान दिन सक्छौं।”
विद्यार्थीले तयार पारेका नवप्रवर्तनका सामग्री, सजावटका सामग्री, हस्तकला, स्थानीय उत्पादन, स्थानीय खाना र शिल्पका सामग्री जात्राका माध्यमबाट प्रदर्शनी गरिनुका साथै विक्री वितरण गरिएको विद्यालयका प्रधानाध्यपाक सुन्द्र सिंह बुढाथोकीले जानकारी दिए ।

विद्यार्थीको प्रतिभा प्रवद्र्धन र सामग्री किनेमेलमा यो जात्राले सहयोग पुर्याएको उनले बताए ।
विद्यालय परिषरमा विद्यार्थीहरुले आफूले बनाएका विज्ञान प्रविधिका सामग्री, हस्तकला, सजावटका सामग्री प्रदर्शन गर्नुका साथै स्थानीय परिकारसमेत तयार पारेका थिए । उक्त सामग्री र उत्पादनहरुलाई सहभागीहरुले अवलोकन गरेका थिए ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

