दार्चुला : नेपाल कम्युनिष्ट पार्टी एमालेले आज दार्चुलामा र्यालीसहित जागरण सभा आयोजना गरेको छ । नेकपा एमाले जिल्ला कमिटि दार्चुलाको आयोजनामा जिल्ला सदरमुकाम खलंगामा जागरण सभा आयोजना गरिएको हो । प्रतिगामी षडयन्त्रविरुद्ध जनपरिचालन कार्यक्रम अन्तर्गत दार्चुलामा जागरण सभा आयोजना गरिएको एमाले दार्चुलाका अध्यक्ष ज्ञानेन्द्र घर्तीले जानकारी दिए । नेकपा एमालेले सदरमुकाम खलंगाको दुई ठाउँबाट ¥याली निकालेको थियो ।
¥यालीपछिको कोणसभालाई सम्बोधन गर्दै नेकपा एमालेका पोलिट व्यूरो सदस्य एवं दार्चुला इन्चार्ज गणेश सिंह ठगुन्नाले केहि अराजकहरुले एमाले पार्टी र नेतृत्वप्रति गाली गर्ने गरेको भन्दै त्यस्ता तत्वहरुबाट एमालेलाई केहि फरक नपर्ने बताए । एमाले आज जनताको मनमुटुमा जीवित रहेको पार्टी भएको उल्लेख गरेका उनले दार्चुलाको विकासमा एमालेको महत्व ज्यादा नै रहेको बताए । यस्तै भदौ २३ र २४ गतेको आन्दोलन अराजकताको आन्दोलन भएको भन्दै त्यसले विध्वंश मात्रै भएको उनले बताए ।
वर्तमान सरकार गठन प्रक्रिया नै संविधान विपरीत भएको भन्दै संसद पुनस्र्थापना गरेर सर्वपक्षीय सरकार निर्माण गर्नुपर्नेमा उनको जोड थियो । एमालेप्रति छरिएका भ्रमहरुलाई चिर्दै जनतामाझँ सहि कुरा राख्न उनले कार्यकर्तालाई आग्रह गरे ।
सोही सभालाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य हर देव जोशीले राष्ट्रियताका विषयमा केपी शर्मा ओलीले कुरा उठाएकै कारण एमालेमाथि प्रहार भएको बताए । चीन भ्रमणका क्रममा पूर्वप्रधानमन्त्री ओलीले भारतसँग लिपुलेक सम्बन्धी भएको समझदारी खारेज हुनुपर्ने अभिव्यक्ति दिएपछि उनलाई असफल पार्ने खेल सुरु भएको पनि उनले बताए ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?

