सबैभन्दा बढी करतिर्ने दार्चुलाको ठगुन्ना जनरल स्टोरसँगै ५ करदाता सम्मानित

सबैभन्दा बढी करतिर्ने दार्चुलाको ठगुन्ना जनरल स्टोरसँगै ५ करदाता सम्मानित


दार्चुला : सबैभन्दा बढी कर तिर्ने दार्चुलाको ठगुन्ना जनरल स्टोरसहित सुदूरपश्चिमका पाँच करदाता सम्मानित भएका छन् । सोमवार राष्ट्रिय कर दिवस २०८२ को अवसरमा आन्तरिक राजस्व कार्यालय डडेल्धुराले उनीहरुलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरेको हो । आफ्नो सेवा क्षेत्रभित्र पर्ने सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्लाका करदातालाई कार्यालयले सम्मान गरेको हो ।

आर्थिक २०८१÷०८२ मा सबैभन्दा बढी कर तिरेर सम्मानित हुनेमा दार्चुलाको ठगुन्ना जनरल स्टोर, बैतडीको ग्वाल्लेक निर्माण सेवा प्रालि, डडेल्धुराको जिवीएल हार्डवयर प्रालि, डोटीको घटाल बाबा ट्रेडर्स, बझाङको न्यू मल्ल स्टोर रहेको आन्तरिक राजस्व कार्यालयका कर अधिकृत भीम प्रसाद आचार्यले जानकारी दिए ।

उनका अनसार ठगुन्ना जनरल स्टोरले ५० लाख ४७ लाख ३ सय २८ रुपैयाँ, ग्वाल्लेक निर्माण सेवाले ४७ लाख ८२ हजार ९ सय ५९ रुपैयाँ, जिवीएलले १५ लाख ६१ हजार ९ सय ९५ रुपैयाँ, घटाल बाबा ट्रेडसले ८ लाख १९ हजार १ सय ३३ रुपैयाँ, न्यू मल्ल स्टोरले ५ लाख ९७ हजार ४ सय ५४ रुपैयाँ कर तिरेका छन् ।

यसैबीच गत आर्थिक वर्ष २०८१÷०८२ मा सबैभन्दा बढी मूल्य अभिवृद्धि कर तिर्ने कल्पना मार्केटिङ पनि सम्मानित भएको छ । उसले ६ करोड १३ लाख ७३ हजार ९ सय ३२ रुपैयाँ कर तिरेको छ ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *