मालिकार्जुन मावि धाप ६० वर्ष पार, ६१औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

मालिकार्जुन मावि धाप ६० वर्ष पार, ६१औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

दार्चुला : वि. सं. २०२२ सालमा स्थापना गरिएको जिल्लाको महाकाली नगरपालिका–७ मा रहेको मालिकार्जुन माध्यमिक विद्यालय धापले आफ्नो ६१औँ वार्षिकोत्सव मनाएको छ । मंगलवार एक कार्यक्रमका बीच विद्यालयले ६१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको हो । वार्षिकोत्सवको महाकाली नगरपालिका प्रमुख नर सिंह चैसिरले उद्घाटन गरे ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष देवसिंह धामीको अध्यक्षता रहेको कार्यक्रममा महाकाली नगरपालिका प्रमुख नर सिंह चैसिरको प्रमुख आतिथ्यता रहेको थियो । उक्त कार्यक्रममा महाकाली नगरपालिका उपप्रमुख दुर्गा कुमारी खत्री विष्ट, सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) देव राज जोशी, सामाजिक विकास कार्यालय दार्चुलाका प्रमुख राम चन्द्र ओझा, महेन्द्र माध्यमिक विद्यालय खलंगाका प्रधानाध्यापक दामोदर जोशीको विशिष्ट आतिथ्यता थियो ।

६१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सुन्द्र सिंह बुढाथोकीले विद्यालयको वार्षिक आयव्यय विवरण प्रस्तुत गरेका थिए । प्रअ बुढाथोकीद्धारा प्रस्तुत गरिएको प्रतिवेदन अनुसार विद्यालयको कुल आय ३ करोड ८४ लाख ६१ हजार ४९९ रुपैयाँ २८ पैसा रहेको छ भने व्यय २ करोड ९२ लाख ५२ हजार ९ सय १३ रुपैयाँ २३ पैसा रहेको छ । यस्तै ९२ लाख ८ हजार ८८६ रुपैयाँ ५ पैसा बैंकमा मौज्दात रहेको जनाइएको छ ।

वार्षिकोत्सव समारोहमा जनचेतनामुलक नाटक, निवन्ध प्रतियोगिता लगायतका विभिन्न प्रतियोगिता सञ्चालन गरिएको विद्यालयले जनाएको छ । मालिकार्जुन मावि धापमा सशस्त्र प्रहरी उपरीक्षक देव राज जोशीले स्थापना गरेको अक्षयकोषबाट ४ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण समेत गरिएको छ । साथै विद्यालयमा कार्यरत १० जना शिक्षक, कर्मचारी र अहिलेसम्म परीक्षामा ए प्लस नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान गरिएको छ । मालिकार्जुन मावि (०–१२) धापमा साधारण र प्राविधिक धार सञ्चालनमा छ ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *