समानुपातिक सूचिमा दार्चुलाबाट तीन दलका चार जना

समानुपातिक सूचिमा दार्चुलाबाट तीन दलका चार जना

दार्चुला : आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दार्चुलाबाट तीन दलका समानुपातिक उम्मेदवार बन्द सूचिमा समावेश भएका छन् । जिल्लास्थित नेपाली काँग्रेस, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका चार जना समानुपातिक उम्मेदवारको सूचिमा समेटिएका हुन् ।

नेपाली काँग्रेसबाट खस/आर्यतर्फ काँग्रेस सुदूरपश्चिम प्रदेश कार्य समिति सदस्य करबिर सिंह कार्की, नेकपा (एमाले) बाट आदिवासी जनजाति (सौका) जहेन्द्र सिंह ऐतवाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दलित कोटातर्फ जिल्ला अध्यक्ष प्रकाश दयाली र महिला केन्द्रीय विभाग सदस्य धाना देवी लोहारको नाम परेको छ । दार्चुला जिल्लाबाट नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका कुनै पनि उम्मेदवार अटाएनन् ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *